कीवर्डहरू -

स्मार्ट सीममा रिचार्ज सकियो ? अनलाइनबाटै यसरी गर्नुहोस् 

अनलाइनबाटै स्मार्ट सीममा रिचार्ज गर्न सकिन्छ नि

स्मार्ट सीममा रिचार्ज सकियो ? अनलाइनबाटै यसरी गर्नुहोस् 

सरकारले २ हप्तादेखि देशभर लकडाउन गरेको छ । लकडाउनको समयमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द छन् । यो लकडाउनको समयमा तपाईँलाई स्मार्ट सीमको रिचार्जको आवश्यकता छ ?

स्मार्ट सीमको रिचार्ज नपाएर तपाईँ हैरान हुनु हुन्छ । यदि त्यसो हो भने अनलाइनबाटै स्मार्ट सीममा रिचार्ज गर्न सकिन्छ नि । आज हामी तपाईँलाई कसरी अनलाइनबाट स्मार्ट सीममा रिचार्ज गर्ने भनेर जानकारी दिदैछौं ।

यसरी गर्नुहोस स्मार्टमा रिचार्ज

सबैभन्दा पहिले तपाईँ स्मार्ट सीममा रिचार्ज गर्न वेबसाइटमा जानु पर्ने हुन्छ । वेबसाइटमा प्रवेश गर्न यहाँ क्लिक गर्नुहोस ।

वेबसाइटमा गएपछि त्यहाँ आफ्नो स्मार्ट नम्बर, इमेल तथा कति रिचार्ज गर्नुपर्ने त्यो रकम राखेर रिचार्ज बटममा क्लिक गर्नुहोस ।

रिचार्ज बटममा क्लिक गरी सकेपछि तपाईँले त्यहाँ पेमेन्टको विकल्प देख्न सक्नु हुनेछ । त्यसपछि ई-सेवा, खल्ति,  फोन पे, आइएमई पे, कनेक्ट आइपीएस मध्ये एक विकल्प छानेर रिचार्ज गर्न सकिने छ ।