कीवर्डहरू -

विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालनको लागि आयो \'इन्फर्म\'

विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालनको लागि आयो \'इन्फर्म\'

कोरोनाको संकटले देश अहिले विगत २० दिनदेखि लकडाउनमा छ । विद्यालयमा एसइइी र अन्य कक्षाका परिक्षाहरु स्थगन भएका छन । कक्षा ११ र १२ र विश्वविद्यालयका सम्पुर्ण परिक्षा र पढाई समेत अनिश्चितकालको लागि स्थगित छ । यहि समस्या विच नेपालमा आइटी इन्जिनियरहरुले अनलाइन कक्षाको समाधान ल्याएका छन ।


इन्फर्म नाम दिएको प्रडक्टबाट विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन तथा व्यवस्थापन गर्न सक्छन । माइक्रोसफ्टको सिस्टम प्रयोग गरेर यस सफ्टवेयर मार्फत अनलाइन कक्षा सञ्चालन र व्यवस्थापन गर्न सकिन्छ । यसैगरी ुइन्फर्मुले विद्यालयहरुमा अनलाइन एड्मिसन, अनलाइन परिक्षा प्रकाशन, अनलाइन शुल्क कलेक्सन जस्ता सेवाहरु सञ्चालन गर्नसक्छ ।


यदि लकडाउन लम्बिदै गयो भने शिक्षा क्षेत्र अस्तव्यस्त हुनसक्ने विज्ञहरुले चेतावनी दिइरहेका छन । शिक्षा मन्त्रालयले पनि अनलाइन कक्षा सञ्चालन गर्नेतर्फ समिती बनाएर काम गरिरहेको अवस्थामा टेक्नोरियोले बजारमा ल्याएको यस सिस्टमबाट विद्यालयहरुले अहिलेको समस्याहरुबाट समाधान खोज्न सक्छन ।

धेरै विद्यालयले अनलाइन कक्षा कसरी सञ्चालन र व्यवस्थापन गर्ने र भर्ना कसरी लिने विषयमा अन्योलमा भइरहेको अवस्थामा इन्फर्मले उपयुक्त समाधान दिने कम्पनीले जनाएको छ । न्युनतम शुल्कमा अनलाइन कक्षा, एडमिसन, परिक्षाको नतिजा प्रकाशनमा यस सिस्टमले सहयोग गर्ने छ । विस्तृत जानकारीको लागि यो वेबसाइट लगइन गर्नुहोस ।