कीवर्डहरू -

एसईई विद्यार्थिको लागि रोल्पामा सोमबारबाट दूरशिक्षा कार्यक्रम , सातै रेडियोबाट प्रसारण हुने

अङग्रेजि, गणित तथा विज्ञान विषयको तयारी कक्षा रोल्पाका सातै रेडियोबाट प्रसारण

एसईई विद्यार्थिको लागि रोल्पामा सोमबारबाट दूरशिक्षा कार्यक्रम , सातै रेडियोबाट प्रसारण हुने

सत्प्रयास समूह रोल्पाले आगामी बैशाख १ अर्थात भोलि देखि रोल्पामा एसईई तयारी कक्षा सञ्चालन गर्ने भएको छ । लकडाउनले गर्दा घरमै बसेको एसईई विद्यार्थिलाई दूरशिक्षाको माध्यमबाट तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।

तयारी कक्षा रेडियो रोल्पा, रेडियो जलजला, रेडियो सुनछहरी, रेडियो मालश्री, रेडियो माडी आवाज, रेडियो होलेरी तथा रेडियो पल्लवीबाट प्रसारण हुनेछ । अङग्रेजि, गणित तथा विज्ञान विषयको तयारी कक्षा रोल्पाका सातै रेडियोबाट प्रसारण हुनेछन् ।

दूरशिक्षा कार्यक्रम रेडियो रोल्पा, रेडियो मालश्री र रेडियो माडी आवाजबाट दिउँसो २ बजे प्रसारण हुनेछ । त्यस्तै रेडियो जलजलाबाट दिउँसो ३ बजे, रेडियो सनछहरीबाट दिउँसो १ बजे, रेडियो होलेरीबाट बिहान साढे ९ बजे तथा रेडियो पल्लवीबाट बिहान ११ बजे दूरशिक्षा कार्यक्रम प्रसारण हुनेछ ।

दूरशिक्षा कार्यक्रम सत्प्रयास समूहको युट्युब च्यानलबाट समेत प्रसारण हुनेछ । युट्युब च्यानलबाट दुरशिक्षा कार्यक्रम हेर्न र सुन्न यहाँ क्लिक गर्नुहोस ।