कीवर्डहरू -

ह्याक गरिएको भायोनेटको डाटा सार्वजनिक नगर्न तथा नगराउन प्राधिकरणको आग्रह 

ह्याक गरिएको भायोनेटको डाटा सार्वजनिक नगर्न तथा नगराउन प्राधिकरणको आग्रह 

नेपाल दूरसञ्चार प्राधिकरणले ह्याकरले अनधिकृत रुपमा लिक गरेको भायानेटको डाटा सार्वजनिक नगर्न अनुरोध गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवाका ग्राहकहरुको विवरण कसैलाई अनधिकृत रुपमा प्राप्त भएमा त्यस्तो विवरण कुनै पनि माध्यमबाट सार्वजनिक नगर्न तथा नगराउन सूचना जारी गरेको हो ।

दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटको ग्राहक प्रणालीमा साइबर हमला गरी सेवाग्राहीहरुको व्यक्तिगत विवरण सार्वजनिक भएको विषयमा समेत गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

भायानेटले  तुरन्त सम्बन्धित प्रणालीको कमजोरीलाई समाधान गरेको र इन्टरनेट सेवाग्राहीहरुको विवरणलाई सुरक्षित गरीसकेको जानकारी गराएको प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

साथै सूचनाको अवज्ञा गरी कसैले विवरण सार्वजनिक गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्राधिकरणले बताएको छ ।