कीवर्डहरू -

सरकारलाई एनसेलले बुझायो बाँकी सबै पुँजीगत लाभकर

सरकारलाई एनसेलले बुझायो बाँकी सबै पुँजीगत लाभकर

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई आइतबार १४ अर्ब ३३ करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । बाँकी रहेको सबै लाभकर एनसेलले आज बुझाएको हो ।

यो भन्दा अगाडि एनसेलले पहिलो पटक गत पुसमा ४ अर्ब ५० करोड  र दोस्रो पटक चैतमा ४ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएको थियो ।

सर्वोच्च अदालतले एनसेललाई २१ अर्ब १० करोड रुपैयाँ लाभकर तिर्ने गरी फैसला गरेको भएपनि ठुला करदाता कार्यालयले जरिवाना समेत गरी २२ अर्ब ४४ करोड रुपैयाँ बुझाउन पत्र पठाएको थियो ।