स्मार्ट पालिका, सेल एप तथा रक्षाद्वारा निर्मित कोभिड - १९ व्यवस्थापन, क्वारेन्टाइन नियमन तथा ट्रयाकिङ प्रणाली शुक्रबार भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
साथै उक्त प्रविधि विरगंज महानगरपालिका लगायत अन्य १७ स्थानीय तहलाई आउँदो सोमबार हस्तान्तरण गरिने छ । यस प्रणालि अन्तर्गत मोबाइल एप सहित एकीकृत कोभिड नियन्त्रण मोड्युलहरु समावेश गरिएको छ ।
यसमा क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन तथा सेल्फ आइसोलेसन व्यवस्थापन, सेल्फ असेस्मेन्ट तथा डेलि रिपोर्टिङ, लाइभ ट्रयाकिङ तथा मनिटरिङ, कन्ट्याक्ट ट्रेसिङ, सूचना तथा डाटा व्यवस्थापन र रिपोर्ट गर्न मिल्ने सुविधा रहेको छ ।