कीवर्डहरू -

कोरोना कोषमा दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको तर्फबाट ४ लाख ५६ हजार जम्मा

कोरोना कोषमा दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको तर्फबाट ४ लाख ५६ हजार जम्मा

नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारहरुको तर्फबाट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ४ लाख ५६ हजार ४१ रुपैयाँ १५ पैसा जम्मा गरिएको छ ।

उक्त कोषमा दूरसञ्चार प्राधिकरणका कर्मचारीहरुको तर्फबाट अध्यक्षको १५ दिनको तलब, वरिष्ठ निर्दैशक तथा निर्दैशकको ७ दिनको तलब, उप निर्दैशक तथा सहायक निर्दैशकको ५ दिनको तलब र सहायक तथा अन्य सबै श्रेणी बिहिन कर्मचारीहरुको ३ दिनको तलब जम्मा गरिएको हो ।

साथै यस अघि दूरसञ्चार प्राधिकरणको कोषबाट व्यहोर्ने गरी १५ करोड रुपैयाँ  कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिसकिएको छ ।