कीवर्डहरू -

आविस्कार केन्द्रले तयार गर्‍यो इमरजेन्सी भेन्टीलेटर

आविस्कार केन्द्रले तयार गर्‍यो इमरजेन्सी भेन्टीलेटर

राष्ट्रिय आविस्कार केन्द्रले इमरजेन्सी भेन्टीलेटरको नमुना तयार गरेको छ । आविस्कार केन्द्रले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धाकर्ताहरुले विकास गरेरे खुल्ला रुपमा उपलब्ध गराएको नमुनाको आधारमा निर्माण गरेको हो ।

कोरोनाले ग्रस्त बिरामीहरुको लागि सास फेर्न यसको आवश्यकता पर्ने र आवश्यक परेको खण्डमा अरु इमरजेन्सी भेन्टीलेटर तयार गर्न सकिने केन्द्रका अध्यक्ष महाविर पुनले जानकारी दिएका छन् ।

त्यसैगरी केन्द्रले विभिन्न अस्पतालका बिग्रेका भेन्टीलेटर पनि मर्मत गरिरहेको र अन्य अस्पतालहरुको बिग्रेको भेन्टीलेटर मर्मत गर्नुपर्ने भएमा मर्मत गरिदिने बताएको छ ।

अन्य जानकारीको लागि महाविर पुनलाई ९८४१५९२३६१ मा सम्पर्क गर्न सकिने छ ।