कीवर्डहरू -

आविस्कार केन्द्रले विकास गर्‍यो एरोसोल बक्स,  बिरामीले फेरेको सास सिधै डाक्टरसम्म पुग्न नसक्ने

आविस्कार केन्द्रले विकास गर्‍यो एरोसोल बक्स,  बिरामीले फेरेको सास सिधै डाक्टरसम्म पुग्न नसक्ने

राष्ट्रिय आविस्कार केन्द्रले एरोसोल बक्सको विकास गरेको छ । एरोसोल बक्सबाट डाक्टरले बिरामीको टाउको बक्समा छिराएर बिरामी जाँच्न सक्ने छन् ।

जसबाट बिरामीले हाच्छिउ गरेपनि बिरामीले फेरेको सास सिधै डाक्टरसम्म पुग्न नसक्ने केन्द्रका अध्यक्ष महाविर पुनले जानकारी दिएका छन् । जसले गर्दा डाक्टरहरु सुरक्षित हुन्छन् ।

एरोसोल बक्स एक्रिलिक बाट बनेको साधारण बक्स हो । यो बक्स अहिले वीर अस्पताल र सैनिक अस्पताल छाउनिलाई दिइएको आविस्कार केन्द्रले जनाएको छ ।

अन्य अस्पतालहरुलाई यस्तो बक्स चाहिएमा राष्ट्रिय आविस्कार केन्द्रमा सम्पर्क गर्न सकिने छ । अन्य जानकारीको लागि महाविर पुनलाई ९८४१५९२३६१ मा सम्पर्क गर्न सकिने छ ।