कीवर्डहरू -

सामसुङको ए ७१ र ए ५१ स्मार्टफोन

सामसुङको ए ७१ र ए ५१ स्मार्टफोन

सामसङ इलेक्ट्रोनिक्सले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए(७१ र ए ५१ बजारमा ल्याएको छ । यो दुवै मोबाइल ब्याट्रीको टिकाउ बढी हुने, आँखाले जस्तो देखिन्छ, त्यस्तै फोटो खिच्न सकिने क्यामेरा र दृश्यावलोकनका लागि इन्भिनिटी ओ डिस्प्ले रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मुख्य क्यामेरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामेरा छन् ।

ग्यालेक्सी ए ७१ मा ६४ मेगापिक्सेल तथा ग्यालेक्सी ए ५१ मा ४८ मेगापिक्सेलको क्यामेरा छ । कम्पनीका अनुसार मोबाइलमा भएको अल्ट्रा वाइड क्यामेरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्छ, त्यस्तै फोटो खिच्ने क्षमता प्रदान गर्छ । डेप्थ क्यामेराको लाइभ फोकस इफेक्टको  सहयोगले फोटोहरू झन् राम्रो देखिने कम्पनीले जनाएको छ । दुवै मोडलमा चार हजार एमएएच ब्याट्री राखिएको छ । कम्पनीले ग्यालेक्सी ए ७१ को मूल्य ४९ हजार ९ सय ९९ र ए ५१ को मूल्य ३८ हजार ३ सय ९९ रूपैयाँ तोकेको छ ।