कीवर्डहरू -

एनसेलको नयाँ वर्षमा अफरः अन्तर्राष्ट्रिय कलमा छुट सहित डिजिटल सेवाहरु निःशूल्क 

गीतसहित नयाँ वर्षको राशिफल सुन्न सकिने

एनसेलको नयाँ वर्षमा अफरः अन्तर्राष्ट्रिय कलमा छुट सहित डिजिटल सेवाहरु निःशूल्क 

नयाँ वर्षको अवसरमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ अफर ल्याएको छ । जस अन्तर्गत अब २.४९ रुपैयाँ ( कर सहित ३.१८) मा प्रति मिनेटका दरले विश्वका १५ देशमा कल गर्न सकिने छ ।

अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, हङकङ, भारत, जापान, इन्डोनेसिया, मलेसिया न्युजिल्यान्ड, रोमानिया, सिंगापुर, दक्षिण कोरिया, स्वीडेन तथा बेलायतमा कल गर्दा छुट पाउन सकिने छ ।

यो अफर *१७१०७# डायल गरेर वा अङग्रेजीमा ठूलो A टाइप गरी म्यासेज पठाएर पनि लिन सकिने छ । त्यस्तै १७१०७ मा कल गरेर पनि यो सुविधा प्रयोग गर्न सकिने छ । यो अफर बैशाख ३० गतेसम्मको लागि मान्य हुनेछ ।

त्यसैगरी एनसेलको सीमबाट गीत म्युजिक एप बैशाख ३० गतेसम्म निःशूल्क प्रयोग गर्न सकिने छ । म्युजिक स्टेशन तथा भक्ति सङगीत पनि बैशाख ३० गतेसम्मको लागि निःशूल्क प्रयोग सकिने छ ।

म्युजिक स्टेशन निःशूल्क प्रयोग गर्नको NY टाइप गेरेर १७१४० मा एसएमएस पठाउनु पर्नेछ । एसएमएस पठाइसकेपछि १७१४० मा रहेका गीतहरु आइभिआर मार्फत दिनको १० मिनेट निःशूल्क सुन्न सकिने छ ।

त्यसैगरी भक्ति संगीत निःशूल्क प्रयोग गर्नको NY टाइप गेरेर १७१४८ मा एसएमएस पठाउनु पर्नेछ । एसएमएस पठाइसकेपछि १७१४८ मा रहेका गीतहरु आइभिआर मार्फत दिनको १० मिनेट निःशूल्क सुन्न सकिने छ ।

एनसेलको नयाँ वर्ष अफरमा एक घण्टी रेडियो अन्तर्गत १७१६५ डायल गरेर नयाँ वर्ष २०७७ सालको राशिफल सुन्न सकिने छ । दिनमा १५ मिनेट मात्रै यो सेवा प्रयोग गर्न सकिने छ । यो सेवा बैशाक ४ गते सम्म मात्र उपलब्ध रहेको छ ।

त्यस्तै ग्राहकले एनसेलको सापटी अफर अन्तर्गत २० रुपैयाँमा २५० एसएमएस र २५० एमबी डाटा प्राप्त गर्न सक्ने छन् । भने १० रुपैयाँमा २५० एसएमएस प्राप्त गर्न सक्ने छन् ।