कीवर्डहरू -

घरै बसेर बालबालिकाहरुलाई कसरी सिकाउने?

घरै बसेर बालबालिकाहरुलाई कसरी सिकाउने?

लकडाउन लम्बिएर आज हामी तेस्त्रो हफ्ता सम्म आइपुगेका छौँ। यस्तै रही राख्ने हो भनि अझ एक दुइ हफ्ता घरमै बस्नु पर्ने इस्तिथि आइपर्न सक्ने कुरा त हामीलाई अवगत नै छ। यस परिस्थितिमा हामी सबै चिन्तित छौ, मुख्य त अभिभावकवर्गहरु लाई आफ्नो नानीबाबुको पढाईलाई लिएर चिन्ता होला।

सामान्य अवस्था भएको भए, यो बेला विद्यालयको नयाँ सेसन् सुरु हुने बेला हो तर कारणवश ढिला सुरु हुने कुरा त छदैछ संगसंगै घरमै बसेको समय लाई कसरी प्रोडकटिभ बनाउने भन्ने पनि छ। विभिन्न देशहरुमा अभिभावकहरुले 'होम स्कुलिङ्' को पनि सुरुवात गरिसक्नु भएको छ। यस्तो समयमा कसरी सिक्ने र सिकाउने भन्ने कुरा पनि मन म उठिरहेको होला।

त्यसैले  यो अप्ठेरो  घडीमा पनि हामी  हाम्रो तर्फाबाट हर  सम्भव उपयोगी हुन चाहन्छौ  अनि सहयोग गर्न चाहन्छौं । कारखानाले धेरै  विद्यालय व्यवस्थापक अनि  अभिभावकहरुको सुझावलाई लिएर ,  केहि घर मै बसेर अनलाइन मार्फत  उपयोग गर्न मिल्ने श्रोतहरु बनाएका  छौँ । यसमा केहि भिडियो, केहि लेख , केहि  अन्तरवार्ता, केहि अनलाइनमा सिक्ने सामग्रीहरुको  निर्माण तथा संकलन गरेका छौँ ।

धेरै विज्ञहरु , विभिन्न  श्रोतहरुसंगको सहकार्यमा कारखाना टिमले दिन रात गरी यो सबै  सिकाईका श्रोत, अनि सिकेका अनुभवहरुको निर्माण गरेकाछौं । यी निशुल्क सामग्रीहरुम विशेस गरी नानिबौहरुको लागि सिकाई निरन्तर राख्न सहयोग पुर्याउने विभिन्न विज्ञान संग जोडिएको अर्थात् घरमै बसेर बनौन मिल्ने, स्टेप बाइ स्टेप निर्देशनहरू छन्। यसबाट नानीबाबुहरुले रमाइलो र क्रीएटिभ कुरा बनाउछन् र संगसंगै विज्ञान पनि सिक्छन् जस्तै:

DIY Balloon powered Car:, DIY Catapult , DIY Gravity Superhero, DIY Loopglider

त्यसै गरी यो अप्ठेरो  घडीमा भावनात्मक स्वस्थताको लागि कारखानाले  विज्ञहरुसंग मिलेर केहि भिडियो सामग्रीहरु पनि तयार गरेका छौँ।

यो सबै अनलाइन  र डिजिटल समग्री  नि:शुल्क पाइन्छ www.karkhana।asia ko  #Keeplearning र #Wellness क्याटेगोरी उपलब्ध छ। यदि हजुरहरुलाई यस्तै कनटेन्टहरु वा आइडिया  चाहिए हामीलाई सम्झिनु होला ।

सम्पर्कका लागि

यस विषयमा  थप जानकारीका  लागि 9802072539 अथवा  9807227110   मा सम्पर्क  गर्न सकिन्छ।  वेबसाईट www.karkhana.asia मा  जान सकिन्छ।