कीवर्डहरू -

टेलिकमका प्रयोगकर्ताले ई-पास लिन मिल्ने वेबसाइट प्रयोग गर्दा डाटा शुल्क नलाग्ने

टेलिकमका प्रयोगकर्ताले ई-पास लिन मिल्ने वेबसाइट प्रयोग गर्दा डाटा शुल्क नलाग्ने

नेपाल टेलिकमले कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले नेपाल सरकारको ई–पास सम्बन्धी वेब पोर्टल प्रयोग गर्दा खपत हुने मोबाइल डाटा लकडाउन अवधिभरको लागि निशूल्क गरेको छ ।

यस्तै हाल मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा अत्यावश्यक सेवा तथा वस्तु परिचालन गर्न तथा आवतजावत गर्नको लागि गृह मन्त्रालयले प्रदान गर्ने विद्युतीय पास (ई-पास) सम्बन्धी जानकारी उपलब्ध गराउनको लागि नेपाल टेलिकमले एसएमएस शर्ट कोड सेवा समेत उपलब्ध गराएको छ ।

गृह मन्त्रालयको ई–पास सम्बन्धी वेब पोर्टल मार्फत आवेदन प्राप्त भएपछि ई–पास उपलब्ध गराउने सम्बन्धी जानकारी नेपाल टेलिकमको मोबाइल भएका सम्बन्धित निवेदकहरुलाई शर्ट कोड १११२ मार्फत पठाउन सकिनेछ । उक्त कोड ई–पास उपलब्ध गराउने प्रयोजनका लागि सञ्चालन गरिएको हो ।

लकडाउन अवधिभरको लागि उक्त शर्ट कोड मार्फत पठाइने एसएमएस कम्पनीले निशूल्क गरेको छ भने सो शर्ट कोड सञ्चालनको लागि नेपाल टेलिकमले एसएमपीपी अकाउन्ट तथा भिपीएन कनेक्सन समेत निशूल्क उपलब्ध गराएको छ ।