कीवर्डहरू -

मर्कन्टाइल कम्युनिकेसनले तत्काललाई रोक्यो डट एनपी डोमेनको नयाँ दर्ता 

मर्कन्टाइल कम्युनिकेसनले तत्काललाई रोक्यो डट एनपी डोमेनको नयाँ दर्ता 

मर्कन्टाइल कम्युनिकेसनले डट एनपी डोमेनको नयाँ दर्ता तत्कालको लागि रोकेको छ । मर्कन्टाइल कम्युनिकेसनको सर्भरमा ह्याकरले पहुच राखेपछि सर्भरमा थप सुरक्षा प्रणाली लागु गर्ने तयारी भएकाले डट एनपी डोमेनको नयाँ दर्ता तत्कालको लागि रोकिएको हो ।

ट्विटरमा ‘सतान’ नामक अपरिचित ह्याण्डलबाट मर्कन्टाइलको सिस्टममा पहुँच राखेको जानकारी दिइएको थियो ।

\"\"

सोमबार साँझ १० बजेर ३७ मिनेट जाँदा सर्भरको सुरक्षा प्राणाली उल्लंघन गर्न खोजिएको कम्पनीले जनाएको छ । सर्भरको सुरक्षा उल्लंघन गर्ने प्रयास भएको र ह्याकरले कुनै पनि डाटा प्राप्त गरेको भए सार्वजनिक नगर्न तथा पाएको भए पनि नष्ट गर्न कम्पनीले आग्रह गरेको छ ।

‘यो घटनालाई हामीले गम्भिर रुपमा लिएका छौं, ‘हाम्रो प्रारम्भिक अनुसन्धानमा अहिलेसम्म डट एनपी डोमेन तलमाथि नभएको’ मर्कन्टाइलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

\"\"

मर्कन्टाइले २५ वर्षदेखि डट एनपी डोमेनको व्यवस्थापन गर्दै आएको छ । अहिले सम्म कम्पनीले डिजिटल नेपाललाई सहयोग गर्न ८३ हजारभन्दा बढी व्यक्तिगत तथा बिजनेसलाई निशूल्क सेवा दिइरहेको छ ।