कीवर्डहरू -

लकडाउनमा अनलाइनबाटै विद्यार्थीलाई लेखेर पढाउन सकिने प्रविधि

लकडाउनमा अनलाइनबाटै विद्यार्थीलाई लेखेर पढाउन सकिने प्रविधि

विश्वभर यतिबेला कोरोना भाइरसको महामारी फैलिएको छ । जसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । जसले गर्दा ३ हप्तादेखि देश लकडानमा छ । देश लकडाउनमा हुँदा अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् ।

यो समयमा सबैलाई घरमै बस्नु पर्ने बाध्यता छ । कोरोनाको कारण सम्पूर्ण शैक्षिक संस्थाहरु पनि बन्द छन् । शैक्षिक संस्था बन्द हुदा हजारौ विद्यार्थिहरु मारमा परेका छन् ।

यस्तो समयमा विभिन्न विद्यालयले अनलाइनबाटै पढाइरहेका छन् । अनलाइनबाट पढाउदा शिक्षक वा विद्यार्थि दुबैलाई लागेको हुन सक्छ । अनलाइनबाटै लेखेर पढाउने कुनै माध्यम भएको भए कति सहज हुन्थ्यो होला है ? यसको समाधान पनि आइसकेको छ ।

\"\"

वाकम कम्पनीको लागि नेपालको आधिकारिक बिक्रेता सुरी टक्नोलोजिले यस्तो प्रविधि नेपालमा भित्रयाएको छ । जसको नाम हो इन्टर्‍याक्टीभ पेन डिस्प्ले ।

विद्यार्थिलाई अनलाइनबाट पढाउदै गर्दा यसको  माध्यमबाट लेखेर पढाउन सकिन्छ । पहिले भिडियो मात्रै देखाउन सकिन्थ्यो भने अब थप लेखेर पनि पढाउन सकिन्छ ।

\"\"

यो डिभाइस जोडेपछि यसले ह्वाइट बोर्डको जस्तो काम गर्छ । घरबाटै विद्यार्थीहरुलाई कक्षाकोठामा जस्तै लेखेर पढाउन सकिन्छ । अहिलेको समयमा त यो एकदमै राम्रो माध्यम हो ।

यो डिभाइस लिएपछि तपाईँले आफ्नो कक्षाकोठामा स्मार्ट ह्वाईट बोर्डको रुपमा पनि प्रयोग गर्न सक्नु हुनेछ । त्यसैले लकडाउन पछि पनि यसको प्रयोग हुन्छ ।

\"\"