कीवर्डहरू -

टेलिकमले सुरु गरेको कोरोना सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी

टेलिकमले सुरु गरेको कोरोना सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी

कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएको गोरखापत्रमा आज प्रकाशित समाचारमा जनाइएको छ । नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच सर्वेक्षण सुरु गरेको थियो ।


टेलिकमले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाली सेनाको सहकार्यमा यस्तो सर्वेक्षण सुरु गरेको हो । #१४१९# डायल गरेर सहभागी हुन सकिने यो सर्वेक्षणका लागि पहिले नै केही प्रश्न तयार गरिएका छन् । प्रयोगकर्ताले उक्त नम्बरमा डायल गरेपछि ज्वरो आए नआएको, खोकी लागे नलागेको, सास फेर्न गाह्रो भए नभएको र पछिल्लो तीन हप्तामा विदेशबाट आए नआएको प्रश्नको उत्तर दिनुपर्नेछ ।


यसरी सङ्कलित तथ्याङ्कको विश्लेषण गरेर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिलाई उपलब्ध गराउनेछ । लक्षण अनुसार अति जोखिमयुक्त सम्भावित व्यक्तिलाई सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।