कीवर्डहरू -

नेपाल टेलिकमका प्रयोगकर्ताले यसरी गर्नुहोस् ब्यालेन्स ट्रान्सफर

नेपाल टेलिकमका प्रयोगकर्ताले यसरी गर्नुहोस् ब्यालेन्स ट्रान्सफर

के तपाई नेपाल टेलिकमको प्रिपेड सिम प्रयोग गर्नुहुन्छ ? एउटा प्रिपेड सिमबाट अर्को प्रिपेड सिममा ब्यालेन्स ट्रान्फर गर्ने तरिका थाहा छ ? यदि थाहा छैन् भने आज हामी तपाईलाई कसरी ब्यालेन्स ट्रान्सफर गर्ने भन्ने बारेमा जानकारी दिदै छौ ।

यसरी गर्नुहोस ब्यालेन्स ट्रान्सफर

आफैले एक प्रिपेड सिमबाट सजिलै अर्को प्रिपेड सिममा रकम ट्रान्सफर युएसएसडीबाट गर्न सकिन्छ । जसको लागि *४२२* सेक्युरिटी कोड* ब्यालेन्स ट्रान्फर गर्ने मोबाइल नम्बर* ट्रान्सफर गर्नुपर्ने ब्यालेन्स रकम टाइप गरी # डायल गरेर ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

\"\"

ब्यालेन्स ट्रान्फर गर्दा आवश्यक पर्ने सेक्युरिटी कोड थाहा पाउनको लागि ‘SCODE’ टाइप गरी १४१५ मा एसएमएस पठाउनुहोस ।

एक पटकमा १० रुपैयाँ देखि ५०० रुपैयाँसम्म ब्यालेन्स ट्रान्फर गर्न सकिन्छ । त्यस्तै दिनमा २० पटक सम्म ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।