स्थानिय निकायहरुलाई डिजिटल रुपान्तरण गर्ने उद्देश्य बोकेको स्मार्टपालिकाले नेपालका ७५३ वटै स्थानिय सरकारको लागि कोभिड लाईभ ट्रयाकिङ तथा क्यारेन्टाइन व्यवस्थापन प्रणाली बनाएको छ । यो प्रणाली सबै स्थानीय तहलाई निशूल्क प्रदान गरिने छ ।
यस प्रणाली अन्तर्गत हाल क्यारेन्टाइन, लाईभ ट्रयाकिङ, आइसोलेसन, दैनिक रिपोर्ट, स्व परीक्षण लगायत अन्य मोड्युलहरु मोबाइल एप्स तथा वेब सिस्टममा उपलब्ध रहेका छन् ।
साथै विकास साझेधारहरुको सहयोगमा कन्ट्याक्ट ट्रेसिङ लगायत अन्य मोड्युलहरुको निरन्तर विकास र कार्यान्वयन गरिदै लाने कम्पनीले बताएको छ ।
यस प्रणालीबाट स्वास्थ्य प्रतिनिधि, स्थानिय प्रतिनिधि तथा जिल्ला प्रशासन कार्यलयले आफ्नो मातहातको काम गर्न तथा रिपोर्ट निकाल्न सक्छन । यसबाट प्रयोगकर्ताले स्वपरीक्षण गराउने, आफ्नो दैनिक रिपोर्ट बुझाउने तथा आधिकारिक रिपोर्ट हेर्न सक्ने छन् ।
यस प्रणालीलाई भविष्यमा स्थानिय निकायको पूर्ण प्रकोप नियन्त्रण प्रणालीका रुपमा विकास गर्दै लान सकिने छ।
। स्मार्ट पालिका र सेलएप इन्नोभेसनको संयुक्त प्रयासमा यस प्रणाली विकास गरिएको हो ।
यो प्रणाली हाल भरतपुर महानगर, बिरगंज महानगर, धुलिखेल नगरपालिका लगायत करिब २० स्थानिय तहले प्रयोगमा ल्याइ सकेका छन् ।