कीवर्डहरू -

एप्पलको सबैभन्दा सस्तो आइफोन सार्वजनिक, ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने

शुक्रबार अर्थात अप्रिल १७ देखि आइफोन एसईको प्रि अर्डर सुरु

एप्पलको सबैभन्दा सस्तो आइफोन सार्वजनिक, ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने

एप्पलले बुधबार आइफोन एसई सार्वजनिक गरेको छ । लामो समय चर्चामा रहेको सस्तो आइफोन एप्पलले बुधबार सार्वजनिक गरेको हो । आइफोन एसईको सुरुवाती मूल्य ३९९ डलर रहेको छ ।

४.७ इन्च रेटिना एचडी डिस्प्ले रहेको यो फोन सन् २०१६ मा सार्वजनिक भएको आइफोन ८ जस्तै रहेको छ । यसमा ए १३ बोयोनिक प्रोसेसरको प्रयोग गरिएको छ । जसलाई कम्पनीले फास्टेस्ट स्मार्टफोन चीप भनेर दाबी गरेको छ ।

यो कालो, रातो र सेतो रङमा उपलब्ध रहेको छ । फोनमा होम बटन सहित फास्ट चार्जिङको समेत सुविधा रहेको छ । यसमा ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने एप्पलको भनाई छ ।

यस फोनमा एप्पलले १२ मेगापिक्सेलको सिंगल क्यामेरा राखेको छ ।  जुन क्यामेराले फोर के भिडियो क्याप्चर गर्न सकिन्छ । आइफोन एसईमा ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

यो फोनमा प्रयोकर्ताले एप्पल न्यूज, एप्पल टिभि, एप्पल म्युजिक, आइ क्लाउड, एप्पल पे सहित एप स्टोरमा रहेको सम्पूर्ण एपहरु प्रयोग गर्न पाउने छन् ।

शुक्रबार अर्थात अप्रिल १७ देखि आइफोन एसईको प्रि अर्डर सुरु हुनेछ । यो फोन ६४,१२८ र २५८ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध हुनेछ । यसमा फिंगरप्रिन्ट समेत उपलब्ध रहेको छ ।