स्मार्टफोन आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनेको छ। यसले हाम्रा थुप्रै काम सजिलो बनाइदिएको छ। फरक–फरक कामका लागि तपाईँ आफ्नो रोजाइका एपहरू पनि यस डिभाइसमा इन्स्टल गर्न सक्नुहुन्छ, तर के तपाईँलाई थाहा छ तपाईँको डिभाइसमा भएका यि एपहरू तपाईँलाई २४ घण्टा ट्र्याक गर्दैछन्?
भर्खरै सार्वजनिक भएको अनुसन्धान फर्म एप्टेको रिपोर्टले यसबारे जानकारी दिएको छ जसले प्रयोगकर्ताहरूको चिन्ता अझै बढाइदिएको छ। रिपोर्टमा भनिएको छ कि यी एपहरूले तपाईँको सेनसिटिभ डेटा सङ्कलन गरिरहेका छन् र यसमा फेसबुक, इन्स्टाग्राम र थ्रेड्स जस्ता एपहरू छन्।
रिपोर्टले शीर्ष १० एपहरूको सूची यसप्रकार दिएको छ:
१. फेसबुक
२. इन्स्टाग्राम
३. थ्रेड्स
४. युट्युब
५. अमेजन
६. अमेजन एलेक्सा
७. लिंक्डइन
८. एक्स
एप्टेकोले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ कि यी सबै एपहरूले तपाईँको नाम, मोबाइल नम्बर र यहाँसम्म कि घरको ठेगाना समेत सङ्कलन गर्छन्। यसबाहेक, यी एपहरूले तपाईँको फोनबाट विभिन्न प्रकारका डेटा सङ्कलन गरिरहेका छन्। जानकारी अनुसार, एपहरूको नयाँ रैंकिङ एप्पलको प्राइभेसी लेबल ‘डेटा लिंक्ड टु यू’ मा आधारित छ, जसले देखाउँछ एप्सले कस्तो प्रकारको इन्फर्मेसन सङ्कलन गरिरहेका छन्।
यी डेटा पनि सङ्कलन गरिरहेका एप्स:
– बेसिक डेटा मात्र होइन, लोकप्रिय एप्सको लोकेसन डेटा, युजर कन्टेन्ट, फाइनान्सियल र पेमेंट इन्फर्मेसन पनि सँगालिरहेका छन्।
– ब्राउजिङ र सर्च हिस्ट्रीसँगै शपिङ डेटा समेत ट्र्याक गरिन्छ।
– सबैभन्दा गम्भीर कुरा, यी एप्सले त्यस्तो डेटा समेत सङ्कलन गरिरहेका छन् जुन एप्सको कामका लागि आवश्यक तक होइन।
अब कसरी राख्ने आफुलाई सेफ?
यि प्राइभेसी सेटिङ्समा केही परिवर्तन गरेर तपाईँ यी एप्सलाई २४ घण्टा ट्र्याक गर्नबाट रोक्न सक्नुहुन्छ। यी स्टेप्स पालना गर्नुहोस्:
सबै एप्सका लागि लोकेसन एक्सेसलाई ‘ओनली ह्वाइल युजिंग द एप’ मा परिवर्तन गर्नुहोस्।
फोनको सेटिङ्समा गएर प्रिसाइज लोकेसन ट्र्याकिङलाई अफ गर्नुहोस्।
अनावश्यक एप्सलाई कन्ट्याक्ट्स, फोटो र माइक्रोफोन एक्सेस नदिनुहोस्।
यी सरल उपायहरूले तपाईँको प्राइभेसी सुरक्षित बनाउन मदद पुर्याउनेछन्।