कीवर्डहरू -

इन्टरनेट सेवा सुचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको आग्रह

इन्टरनेट सेवा सुचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनको अवधिभर ग्राहकहरुको इन्टरनेट निरन्तर सञ्चालन गर्न र बिलम्ब शूल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई आग्रह गरेको छ ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै केही इन्टरनेट सेवा प्रदायकले समयमा महशुल भुक्तानी नगरेका कारण ग्राहकहरुको सेवा अवरुद्ध गरेको गुनासो प्राप्त भएकाले इन्टरनेट सेवा अवरुद्ध नगर्न तथा अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

‘लकडाउनको समयमा सेवा अवरुद्ध गर्दा मानिसमा नकारात्मक असर पर्न जाने भएकाले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था मिलाउन र यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने गरी लकडाउन पश्चात बिलम्ब शूल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन जारी गरिएको’ प्राधिकरणको सूचनामा भनिएको छ ।