कीवर्डहरू -

पाइला टेक्नोलोजीले निर्माण गर्‍यो कोरोना विरुद्ध लड्न ‘युभी डिसइन्फेक्सन रोबोट’

अल्ट्रा भायोलेट डिसइन्फेक्सन प्रविधिको प्रयोग गरेर अटोमेटिक प्रकियाबाट स्टेरिलाइज गर्न सकिने

पाइला टेक्नोलोजीले निर्माण गर्‍यो कोरोना विरुद्ध लड्न ‘युभी डिसइन्फेक्सन रोबोट’

पाइला टेक्नोलोजीले कोरोना भाइरसविरुद्ध लड्न अल्ट्रा भायोलेट (युभी) डिसइन्फेक्सन रोबोटको विकास गरेको छ । यो रोबोटले भाइरसको संक्रमण हुन सक्ने ठाउँमा मानिस जानु भन्दा पहिलेनै लाइटबाट स्टेरिलाइजेसन गर्छ ।

पाइला टेक्नोलोजीले विकास गरेको रोबोट अस्पताल, बैक, एयरपोर्ट, मल, सुपरमार्केट, वायरहाउस, होटेल, कार्यालय तथा सार्वजनिक स्थानमा प्रयोग गर्न सकिने छ ।

अल्ट्रा भायोलेट डिसइन्फेक्सन प्रविधिको प्रयोग गरेर अटोमेटिक प्रकियाबाट स्टेरिलाइज गर्न सकिने कम्पनीले बताएको छ ।

अन्तराष्ट्रिय रोबोटिक्स महासंघका अनुसार युभी डिसइन्फेक्सनले ९९ प्रतिशत ग्यारेन्टीका साथ किटाणुरहित बनाउछ । कम्पनी अहिले नर्सिङ रोबोटको साथै कम मूल्यमा भेन्टीलेटर विकासको प्रक्रियामा समेत रहेको छ ।