कीवर्डहरू -

प्रहरी कर्मचारीबाट दुर्व्यवहार भएमा तत्काल फोन गर्न नेपाल प्रहरीको अनुरोध 

प्रहरी कर्मचारीबाट दुर्व्यवहार भएमा तत्काल फोन गर्न नेपाल प्रहरीको अनुरोध 

केही प्रहरी कर्मचारीबाट भएका दुर्व्यवहारका घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भिर ध्यानाकर्षन भएको जनाएको छ ।

कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनलाई पालना गराउदै संक्रमणको जोखिमबाट नागरिकलाई बचाउने क्रममा केही प्रहरी कर्मचारीबाट भएका दुर्व्यवहारका घटनाप्रति ध्यानाकर्षन भएको र घटनामा संलग्न उपर छानबिन भइरहेको नेपाल प्रहरीले जानकारी दिएको हो ।

\"\"

साथै प्रहरीले सबैले सामना गरिरहेको यस प्रतिकूल परिस्थितिको गाम्भिर्यतालाई आत्मसात गरी प्रहरी कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ ।

यदि प्रहरी कर्मचारीबाट दुर्व्यवहारका कुनै घटना भएमा तत्काल निःशूल्क फोन १००, ११३३, प्रहरी परिचालन कक्ष ०१४४१२७८०, ९८५१२८३२७३, उजुरी छानबिन ९८५१२९३००० केन्द्रीय प्रहरी प्रवक्ता ९८५१२९२१११ मा सम्पर्क गर्न र [email protected] मा इमेल गर्न पनि अनुरोध गरेको छ ।