कीवर्डहरू -

स्वास्थ्य सेवालाई डिजिटल बनाउदै ‘मेडीडक नेपाल’

स्वास्थ्य सेवालाई डिजिटल बनाउदै ‘मेडीडक नेपाल’

के तपाईलाई अस्पताल वा क्लिनिकमा गएर डाक्टरसँग परामर्शको लागि धेरै समय कुर्नु परेको छ ।

यदि त्यसो हो भने अब तपाई अनलाइनबाटै अपोइन्टमेन्ट लिएर सिधै डाक्टरसँग परामर्शको लागि हस्पिटल वा क्लिनिकमा जान सक्नु हुनेछ । जसको लागि अस्पाताल र बिरामीको पुलको काम गर्न ‘मेडीडक नेपाल’ आएको छ ।

अनलाइनबाटै आफूले अपोइन्मेन्ट लिएको समयमा डाक्टरसँग परामर्श लिन सकिन्छ ।  जसले गर्दा समयको पनि बचत हुन्छ ।

मेडीडक नेपाल एपको माध्यमबाट डाक्टरको परामर्श अनुसार अनलाइनबाटै ल्याबमा पनि अपोइन्टमेन्ट लिएर जाँच गराउन सकिन्छ । ल्याबमा जाँच गरेको रिपोर्ट तपाईँले मोबाइल एपमै पाउन सक्नु हुन्छ । त्यस्तै पुरानो रिपोर्ट डाक्टरलाई शेयर गरेर थप परामर्श पनि लिन सकिन्छ ।

\"\"

मेडिडक नेपालमा दर्ता भएका डाक्टसँग च्याट पनि गर्न सकिन्छ । त्यस्तै अनलाइनबाट अपोइन्टमेन्ट लिदा पैसा ई-सेवा वा अस्पताल, क्लिनिक तथा ल्याबमा गएर पनि तिर्न सकिन्छ ।

मेडीडक नेपाल प्लाटफर्ममा अहिलेसम्म ५० भन्दा बढी क्लिनिकहरु आवद्ध भइसकेका छन् । त्यस्तै यसमा धेरै जसो क्लिनिकहरुकै ल्याबहरु आवद्ध छन् । अन्य ल्याब अस्पतालहरु आवद्ध हुने प्रक्रियामा छन् ।

मेडीडक नेपालले अहिले विभिन्न स्वास्थ्य सामग्री जस्तै थर्मोमिटर, ग्लुको मिटर लगायतका हेल्थ केयर प्रडक्टहरु बिक्री गरिरहेको छ ।

कम्पनीले ल्याब टेस्टको लागि नमुना लिन घरमै जाने गरेको छ । मोबाइल एपमा अहिलेलाई त्यो सुविधा उपलब्ध नभएपनि फोनबाट यो सुविधा दिइरहेको कम्पनीले बताएको छ ।

\"\"

त्यसैगरी निकट भविष्यमै औषधि डेलिभरी सेवा तथा एम्बुलेन्स सेवा पनि दिने कम्पनीको योजना रहेको छ ।  मेडीडकले कर्पोरेट क्षेत्रलाई पनि स्वास्थ्य  प्याकेज बनाएर सेवा दिने योजनामा रहेको छ ।

मेडीडक नेपालमा आवद्ध हुनेको लागि कम्पनीले २ वटा मोबाइल एपको निर्माण गरेको छ । जसमा मेडिडक नेपाल भिजिटर एप भिजिटर वा बिरामीले प्रयोग गर्न सक्छन् । भने मेडिडक नेपाल प्रोफेसनल एप अस्पताल, डाक्टर, ल्याब तथा क्लिनिकहरुको प्रयोग गर्न सक्छन् ।

अहिलेलाई एन्ड्रोइड फोनमा मात्रै यी एपहरु उपलब्ध रहेका छन् । मेडीडक नेपालको भिजिटर एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने प्रोफेसनल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।