कीवर्डहरू -

फोर्डद्वारा बालबालिकाहरुको लागि अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात

फोर्डद्वारा बालबालिकाहरुको लागि अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात

संसारभर फैलिरहेको कोरोना महामारीको कारण सबैजना घरभित्रै बस्न बाध्य छन् । यस लकडाउनमा बालबालिकाहरु पनि विभिन्न खेलहरु खेल्दै आफ्नो समय बिताइरहेका छन् ।

यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई फोर्डले ग्रुमिङटेल्ससँग सहकार्य गर्दै बालबालिकाहरुको लागि १० दिने अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात गरेको छ ।

यस प्रतिस्पर्धा बालबालिकाहरुको लागी राम्रो शिक्षा तथा अन्तरक्रियात्मक अनुभव रहनेछ । यसमा भाग लिई हरेक दिन दिइने चुनौती तथा कामहरु समाप्तपुरा गर्नुपर्नेछ ।

प्रतिस्पर्धाको १०औँ दिन बम्पर पुरस्कार विजेता घोषणा गरिने छ । उक्त बम्पर पुरस्कार सबैभन्दा बढी समर्पणका साथ सहभागी हुने प्रतिस्पर्धीलाई दिइने छ ।

प्रतियोगितामा भाग लिनको लागि बालबालिकाका अभिभावकहरुले आफ्नो फेसबुकको टाइमलाइनमा @fordnepal @groomingtaless को साथ पोष्ट गर्न जरुरी छ ।

साथै यस पोष्टका साथ प्रतिस्पर्धा पोस्टमा आफ्नो कमेन्ट दिनुपर्ने हुन्छ । त्यसपछि ह्यास्ट्याग #ford #fordnepal #groomingtales को प्रयोग गर्ने । आफ्नो फेसबुक सेटिङ पब्लिकमा राख्नु पर्नेछ ।

\"\"

अन्य १० अभिभावकहरुलाई पोष्ट ट्याग गर्नुका साथै आफ्नो पेजमा प्रतिस्पर्धा पोष्ट गरेपछी तपाईलाई फोर्ड किन मन पर्ने एक कारण कमेन्ट सेक्सनमा अवश्य लेख्नुहोला । यी माथिका चरणहरु पुरा परेपछि मात्र तपाईको प्रतिस्पर्धामा प्रवेश आधिकारिक हुनेछ ।

प्रतिस्पर्धाका विजेता 4C – Creativity, Concept, Content, Clarity को आधारमा गरिनेछ । प्रतिस्पर्धा १७ अप्रिलबाट सुरु भएको छ ।

हरेक दिनको चुनौती÷प्रतियोगिता बिहान ६ बजे पोष्ट गरिने छ र प्रतिस्पर्धीहरुले उक्त प्रतियोगिताको सामाग्री सोही दिन राती १०ः०० बजे सम्म पोष्ट गर्नुपर्नेछ । उक्त दिनको विजेता भोलीपल्ट दिनको १२ बजे फोर्ड नेपाल फेसबुक पेजमा गरिने छ ।