नेपालि इन्जिनियरहरुले कोरोना भाइरस विरुद्ध लड्न विभिन्न सामग्रीको विकास गरेका छन् भने केहीमा काम भैरहेको छ ।
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल बाग्मती प्रदेशको तर्फबाट यो समयमा संक्रमण फैलिन नदिनको लागि स्यानिटाइजेसन टनेलको डिजाइन तयार पश्चात परीक्षण गरी स्थापनाको अन्तिम चरण मा पुगेको छ ।
नेपाल इन्जिनियर्स संघ बागमति प्रदेशले कोभिड स्वाब संकलन बुथ निर्माण गर्नको लागि प्राविधिक तथा आर्थिक सहयोगको अपिल गरेको छ । सोही क्रममा प्रथम खण्डको चार वटा कोभिड स्वाब संकलन बुथ परीक्षणको अन्तिम चरणमा रहेका छन् ।
स्वाब संकलन बुथको निर्माणको लागि अहिलेसम्म ३ लाख रुपैयाँ भन्दा बढी संकलन भईसकेको छ । यो मध्ये ७३ हजार रुपैयाँ नेपाल इन्जिनियर संघ बागमति प्रदेश समितिबाट उठाइ सकिएको छ ।
त्यस्तै रोबोटिक्स एशोसियसन नेपालको प्राविधिक सहयोग र बागमति प्रदेशको नेतृत्वमा इन्जिनियर्स एशोसिएसनले कक्षमा एउटा रोबोट जडान गर्ने भएको छ । एशोसिएसनले यस अगाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रोटोटाईप समेत देखाई सकेको छ ।
त्यसैगरी प्रगतिशिल इन्जिनियरिङ एशोसिएसन नेपालको प्रचारप्रसार बिभाग बाट बनाइएको कार्यदलको संयोजकको रुपमा नकशा, सोच नेपाल, कोड फर कोर, आइ एच् आर आर लगायत संस्थाहरुको को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड पोर्टल covid19.mohp.gov.np र "हाम्रो स्वास्थ्य" नामक मोबाइल एप स्वयमसेवक रुपले निर्माण गरेर हस्तानतरण गरिसकेको छ ।