कीवर्डहरू -

डिजिटल भुक्तानीको प्रयोग गरी इन्टरनेटको सेवा शूल्क तिर्न इन्टरनेट सेवा प्रदायक संघको आग्रह

डिजिटल भुक्तानीको प्रयोग गरी इन्टरनेटको सेवा शूल्क तिर्न इन्टरनेट सेवा प्रदायक संघको आग्रह

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले शारीरिक रुपमा पूर्णरुपले अशक्त तथा वृद्धबाहेक अन्यलाई डिजिटल भुक्तानीको प्रयोग गरी इन्टरनेट सेवा शुल्क भुक्तानी गर्न आग्रह गरेको छ ।

शारीरिक रुपमा पूर्णरुपले अशक्त तथा वृद्धबाहेक अन्यलाई डिजिटल भुक्तानीको प्रयोग गरी इन्टरनेट सेवा शुल्क भुक्तानी गर्न आग्रह गरेको छ ।

आइस्पानले दूरसञ्चार प्राधिकरणलाई पठाएको पत्रमा लेखिएको छ, ‘शारिरिक  रुपले पूर्णरुपमा अशक्त, घरमा कुनै सहयोगी नभएका वृद्ध ग्राहकहरुका लागि बिना भुक्तानी निरन्तर इन्टरनेट सेवा प्रदान गरिरहेको जानकारी गराएको छ’ ।

\"\"

दूरसञ्चार प्राधिकरणले गत शुक्रबार एक सूचना जारी गर्दै लकडाउनको अवधिभर ग्राहकहरुको इन्टरनेट सेवा निरन्तर सञ्चालन गर्न र सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानीको व्यवस्था गर्न आग्रह गरेको थियो ।

एकातिर सेवाको भुक्तानी समयमा उठ्न सकेको छैन । अर्कोतिर लकडाउनका कारण इन्टरनेटको खपत अत्यधिक बढेको अवस्थामा सोको आर्थिक भार सेवा प्रदायकमा परेको पत्रमा लेखिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना कर्मचारीलाई मासिक तलब भुक्तानीमा समस्या भएको समेत संघको भनाई छ ।