कीवर्डहरू -

\'एमएससी सीएसआइटी\'को कक्षा अनलाइनबाटै सञ्चालन गर्दै त्रिभुवन विश्वविद्यालय

\'एमएससी सीएसआइटी\'को कक्षा अनलाइनबाटै सञ्चालन गर्दै त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रिय विभागले शैक्षिक सत्र २०७७-२०७८ मा एमएससी कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजीको स्नातकोत्तर कार्यक्रममा भर्ना भएका विद्यार्थिको  कक्षा समयमै संञ्चालन गर्ने भएको छ ।

अनलाइन ओरेन्टेसन कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन, सहायक डिन,  विभागीय प्रमुख, प्राध्यापक र नव आगन्तुक विद्यार्थिहरुको सहभागिता रहेको थियो ।

लकडाउन  अवधिभर अनलाइनबाट  पठन-पाठनको शुरुवात गर्नका लागि विभागले आइतबार अनलाइन अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डिन प्रा डा राम प्रसाद खतिवडाले यो समयमा अनलाइन कक्षाको सुरुवात गरी विभागले राम्रो काम गरेको बताएका छन् ।

साथै उनले  त्रिविले यो विशेष परिस्थितिमा पनि पठन पाठन लाई सुचारु गर्नका लागि के कति गर्न सकिन्छ भन्ने विषयमा छलफल अगाडी बढाएको बताए ।

सहायक डिन प्रा डा खगेश्वोर मण्डलले विद्यार्थिलाई अनलाइन कक्षा कसरी फल्दायिक बनाउन सकिन्छ भनेर सोच्नु पर्ने बताए ।

विगत लामो समयदेखि  सूचना प्रविधिको क्षेत्रमा आफनो अमुल्य योगदान दिइरहेका प्रा डा सुबर्ण शाक्यले नव आगन्तुक विद्यार्थिलाई अध्ययन र अनुसन्धानमा बढी भन्दा बढी केन्द्रित हुन सुझाव दिएका थिए  ।

आइतबार ओरेन्टेसन गरेको र बैशाख ८ गते सोमबार देखि सबै प्रथम सेमेस्टर  सम्पूर्ण कक्षाहरु अनलाइन सुचारु हुनेछन ।


विभागीय प्रमुख नवराज पौडेलका अनुसार, ‘लकडाउनको समयमा पनि विभागले विद्यार्थिहरुको पढाईमा बाधा नपुगोस भनेर नयाँ भर्ना भएका विद्यार्थिहरुको सेसन समयमै शुरु गर्नका लागि अनलाइन कक्षाको व्यवस्था गरिएको थियो ।

आइतबार ओरेन्टेसन गरेको र बैशाख ८ गते सोमबार देखि सबै प्रथम सेमेस्टर सम्पूर्ण कक्षाहरु अनलाइन सुचारु हुनेछन, ‘त्यसको लागि यसअघि विभिन्न चरणमा विभागका प्राध्यापकसँग छलफल गरी आवश्यक व्यवस्था मिलाएको पौडेलले बताए ।

\"\"

आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा विभागले उनलाइनको माध्यम बाट सेमिनार, थेशिश  लगायतका शैक्षिक क्रियाकलाप पनि गर्न सोच बनाएको पौडेलले बताएका छन् ।

उक्त अनलाइन कार्यक्रमलाई विभागका उप-प्राध्यापक (हाल अस्ट्रेलियामा अनुसन्धानरथ) तेज बहादुर शाहीले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।