कीवर्डहरू -

सगरमाथा आवासीय माबिले मोबाइल एपबाटै सार्वजनिक गर्‍यो वार्षिक परीक्षाको नतिजा

सगरमाथा आवासीय माबिले मोबाइल एपबाटै सार्वजनिक गर्‍यो वार्षिक परीक्षाको नतिजा

देवदह ७ शितलनगरमा सञ्चालित सगरमाथा आवासीय माबिले बार्षिक परीक्षा २०७६ को कक्षा प्ले ग्रुप  देखि कक्षा नौ सम्मको  (कक्षा ८ बाहेक) नतिजा विद्यालयको एपबाट सार्वजनिक गरेको छ ।

बैशाख ५ गते सगरमाथा आवासीय माबिले विद्यालयको सगरमाथा नामक एपबाट हेर्न सकिने गरी नतिजा सार्वजनिक गरेको हो  ।

विद्यालयको एपबाट विद्यार्थिको नतिजा, विद्यार्थि भर्ना, घरबाटै भुक्तानी गर्न सकिने ब्राइट ओफिस सिस्टम्स प्रालिका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण गौतमले बताएका छन् ।

कोरोना भाइरसको कारण देश लकडाउनमा रहदा हजारौं विद्यार्थिहरु घरमै बस्न बाध्य छन् ।

वार्षिक परीक्षाको नतिजा के कस्तो भयो हेर्न पनि नपाएको गुनासो विद्यार्थि एवं अभिभावकबाट आउन थालेपछि तयारी अवस्थामा रहेको नतिजा सार्वजनिक गर्दा विद्यार्थिमा  सकारात्मक प्रभाव पनि पर्न जाने भएकाले नतिजा सार्वजनिक गरिएको विद्यालयका  प्राचार्य  कृष्ण प्रसाद पौडेलले बताए ।