कीवर्डहरू -

ग्रामिण दुरसंचार विकास कोषको रकम प्रविधिको पहुच र डिजिटल साक्षरता बढाउन खर्च गरिनुपर्नेमा जोड

चल्यो अनलाइन हस्ताक्षर कार्यक्रम

ग्रामिण दुरसंचार विकास कोषको रकम प्रविधिको पहुच र डिजिटल साक्षरता बढाउन खर्च गरिनुपर्नेमा जोड

नेपाल सरकारले राजस्व सोचे अनुरुप संकलन नहुने र खर्च बढेको भन्दै ग्रामीण दूरसञ्चार विकास कोषबाट १६ अर्ब रुपैयाँ लिने बताएको छ । बिगतमा पनि केहि अर्ब रकम सरकारले असार मसान्तमा सरकारी खातामा तानेको थियो । दुरसंचार कोष संसदले नेपालका ग्रामीण क्षेत्रहरूमा दूरसञ्चार तथा डिजिटल साक्षरता बढाउनका लागि कार्यान्वयनमा ल्याएको हो।

मुलुकभरि दूरसञ्चारको विकासको लागि मेहनेती नेपाली नागरिकबाट लिइएको रकम उचितरुपमा सदुपयोग गराउनको लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रत्येक नेपाली नागरिकको दूरसञ्चार खर्च बाट २ प्रतिशत र इन्टरनेट खर्चबाट 4 % रकम यसमा जम्मा गरिने गरिएको छ। हरेक बर्ष यस कोषमा २ अर्ब बढि रकम जम्मा हुने गरेको छ । सबै देशवासीहरुले आफ्नो मेहेनतको कमाइबाट केही अंश देश विकासका लागि योगदान गरेका छन् । पछिल्लो समयमा कोषको रकमबाट सुदूर पश्चिम लगायत देशका अन्य पहुँच नपुगेका क्षेत्रहरूमा फाइबर नेटवर्क जडान गर्ने कार्य भएको थियो ।

आउँदो पुस्ताहरूको डिजिटल साक्षरता सुनिश्चित गर्नका लागि देशका विभिन्न ग्रामीण क्षेत्रका सरकारी विद्यालयहरूमा कम्प्युटर ल्याब निर्माण गर्ने कार्य पनि सञ्चालन हुँदैछ। यस कोषको रकमबाट सुस्त गतिमा केही विकासका कामहरू चलिरहेता पनि कोषको पूर्वरूपमा सदुपयोग नभएको यो क्षेत्रका बिज्ञहरुले बताएका छन

कोषको प्रयोग दूरसञ्चार विकासका कार्यमा भन्दा पनि सरकारी कर्मचारी र नेताहरूलाई तलव तथा भत्ता दिनेमा कार्यमा भइरहेको देखिएकोले उक्त कोषलाइ उदेश्य अनुरुप संचालन गर्न माग गरिएको छ । मुलुकभरि दूरसञ्चारको विकासको लागि मेहनेती नेपाली नागरिकबाट लिइएको रकम उचितरुपमा सदुपयोग गराउनको लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।

\"\"

यस अभियानमा सहमति जनाई आफ्नो योगदानको सहि उपयोग गरिनुपर्ने माग सरकार समक्ष पुर्याउन आइटी क्षेत्रमा लामो समयदेखि क्रियाशील एलेन बेलैचन तुलाधरले आग्रह गरे नेपाल देशको आर्थिक तथा अन्य सम्पूर्ण विकासका लागि ग्रामीण क्षेत्रको उचित विकास हुन जरुरी छ, जसमा दूरसञ्चार विकास र डिजिटल साक्षरताको भूमिका अपरिहार्य रहेको धेरैको बुझाइ छ । तुलाधरले भने "जनताको पैसा देश विकासका लागि गाउँ गाउँमा पुर्याउन अत्यन्त जरुरी छ , नेता र सरकारी कर्मचारीको गोजीमा होइन"

अनलाइन हस्ताक्षर मार्फत सरकार र सम्वन्धित निकायलाइ दबाब दिने उदेश्यले एलेन तुलाधरलाइ साथ् दिदै सयौले यो अभियानमा सहभागिता जनाएका छन । तपाई पनि यो अभियानमा सामेल हुन चाहनुहुन्छ भने यो लिंक क्लिक गरेर आफ्नो विवरण राखी एक्यबद्धता जनाउनुहोस ।