कीवर्डहरू -

लकडाउनमा एन आईसी एशिया बैंकले खाद्यान्न बिक्री गरिरहेका व्यवसायीलाई क्युआर कोड प्रदान गर्ने

लकडाउनमा एन आईसी एशिया बैंकले खाद्यान्न बिक्री गरिरहेका व्यवसायीलाई क्युआर कोड प्रदान गर्ने

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्न नेपाल सरकारले जारी गरेको लकडाउनले देशभर व्यवसाय, उद्योग, कारखाना, लगायतका अत्यावश्येक बाहेकका सबै सेवा बन्द छन् ।

यही अवस्थालाई मध्यनजर गर्दै एन आईसी एशिया बैंकले आपतकालीन अवस्थामा खाद्यान्न सामग्री ग्राहकहरूको घरमै पुर्‍याएर विक्री गरिरहेका व्यवसायीहरूलाई क्युआर कोड प्रदान गर्ने भएको छ ।

धेरै समयको लकडाउनको कारण एन आईसी एशिया बैंकका ग्राहकहरूसँग नगद अभाव हुन सक्ने तथा एटिएमसम्म पुग्न समेत नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो योजना ल्याएको हो ।

ग्राहकहरूले मोबाइल बैंकिङको प्रयोग गरी क्युआर कोड बाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै सम्बन्धित व्यवसायीको बैंक खातामा जम्मा हुन्छ ।

यस्तो अवस्थामा कोरोनासँगको लडाइमा सरकारलाई साथ दिन एन आईसी एशिया बैंकले सरकारबाट अनुमति प्राप्त अति आवश्यक खाद्यान्न तथा सेवा प्रदान गर्ने व्यवसायीहरूलाई बैंकमा उपस्थित नभई इमेल मार्फत सहज रुपमा क्युआर कोड प्रदान गर्ने भएको छ ।

जसको लागि सर्वप्रथम व्यवसायीहरूले बैंकको इमेल ठेगाना [email protected] मा आफुले गर्ने व्यवसायको प्रकृति खुलाई क्युआर सेवा लिन इच्छुक रहेको व्यहोरा सहितको ईमेल गर्नुपर्नेछ ।

उक्त ईमेलमा सम्बन्धित व्यवसायीको एन आईसी एशिया बैंकमा खोलिएको कम्पनीको खाताको नाम, खाता नम्बर, ईमेल ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख भएको हुनुपर्नेछ ।

त्यसपछि बैंकले उक्त इमेल पाइसकेपछि सम्पर्क नम्बरमा बैंकको सम्बन्धित विभागबाट व्यवसायीलाई सम्पर्क गर्ने छ ।
बैंकले व्यवसायीलाई सम्पर्क गरे पश्चात उक्त क्युआर प्रदान गर्न भर्नुपर्ने आवश्यक फारम व्यवसायीलाई इमेल मार्फत पठाउनेछ ।

व्यवसायीले त्यस पश्चात बैंकबाट प्राप्त फारम भरी सम्बन्धित व्यक्तिको हस्ताक्षर गराई कम्पनीको छाप समेत लगाएर बैंकलाई इमेलमार्फत् जानकारी गर्नुपर्नेछ ।

त्यसपछि बैंकले आवश्यक प्रकृया पुरा गरी व्यवसायीलाई सुरक्षित उपाय अपनाई इमेल मार्फत क्युआर कोड प्रदान गर्नेछ ।

साथै सम्बन्धित व्यवसायीले बैंकबाट प्राप्त QR Code प्रिन्ट गरी ग्राहकहरूसँग मोबाइल बैंकिङ मार्फत भुक्तानी लिन सक्ने छन् ।

कोरोनाको महामारी समाप्त भई आवतजावत सामान्य भइसकेपछि बैंकले नियमित रुपमा प्रदान गर्ने QR Standee व्यवसायीलाई प्रदान गर्नेछ र जुन व्यवसायीले आफुले व्यवसाय गर्ने स्थानमा राख्न सक्ने छन् ।

व्यवसायीहरूको आवश्यकता अनुसार बैंकले एक भन्दा बढी पनि QR Standee प्रदान गर्नेछ ।