जोरपाटी स्थित न्यूटन इन्टरनेशनल कलेजले बैशाख ६ गतेबाट अनलाइन कक्षाको सुरुवात गरेको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले देशभरी लकडाउन गरेको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीको पढाइलाई निरन्तरता दिन अनलाइन कक्षा सुरु गरिएको कलेजले जनाएको छ ।
कलेज प्रशासन, कलेज व्यवस्थापक तथा शिक्षकहरुको संलग्नतामा ‘प्लस टु’ का सम्पूर्ण विद्यार्थीहरूलाई सूचना प्रविधिको उपयोग गरी यही वैशाख ६ गतेबाट अनलाइन कक्षा सुरु गरेको हो ।
अनलाइन कक्षा सुरु भएसँगै विद्यार्थीहरुलाई प्रत्यक्ष रूपमा फाइदा हुनुका साथै शिक्षकहरू सबैलाई नयाँ प्रणालीबाट सिक्न र सिकाउन एउटा नयाँ अनुभव भएकाले यो प्रणाली एकदमै उपयोगी रहेको कलेजको भनाई छ ।