सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले लकडाउनमा पनि आफ्ना एक दर्जन भन्दा बढी काउन्टरहरु खुल्ला गर्ने भएको छ ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै काठमाडौं क्षेत्रीय निर्देशनालय अन्तर्गत सुन्धार, बबरमहल, नक्साल, जावलाखेल, चाबहिल, छाउनी, गोंगबु, गठ्ठाघर, बनेपा, मन्थली, चरिकोट, चौतारा, बाह्रबिसे र पाँचखाल कार्यालयका काउन्टरहरु खुल्ला रहने टेलिकमले जनाएको छ ।
काउन्टहरु प्रेत्येक दिन बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म खुल्ला रहने नेपाल टेलिकमले जानकारी दिएको छ ।