कीवर्डहरू -

टेलिकमले आजदेखी नि:शूल्क भ्वाइस, डेटा र एसएमएस उपलब्ध गराउने

टेलिकमले आजदेखी नि:शूल्क भ्वाइस, डेटा र एसएमएस उपलब्ध गराउने

नेपाल टेलिकमले लकडाउनको समयमा न्यून ब्यालेन्समा पनि निःशूल्क भ्वाइस कल, डेटा र एसएमएसको सुविधा  उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकमले आज अर्थात सोमबार राति १२ बजेदेखि लागु हुने गरी २ लाख भन्दा बढी प्रयोगकर्तालाई निशूल्क सेवा उपलब्ध गराउने भएको हो ।

प्याकेज प्राप्त गर्ने ग्राहकहरुलाई एसएमएस मार्फत् नेपाल टेलिकमले जानकारी फठाउने छ । त्यस्तै प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको एसएमएस पठाएर जानकारी दिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

यस निशूल्क प्याकेज अन्तर्गत ५० मिनेट भ्वाइस कल, १०० एमबी डेटा र २५ वटा एसएमएस प्राप्त हुनेछ । आगामी २ दिनसम्म उपलब्ध हुने निशूल्क प्याकेज ७ दिनसम्म प्रयोग गर्न सकिने छ ।