कीवर्डहरू -

अब ८ जनासम्मले ह्वाट्सएपमा ग्रुप भिडियो कल गर्न सकिने 

अब ८ जनासम्मले ह्वाट्सएपमा ग्रुप भिडियो कल गर्न सकिने 

कोरोना भाइरसले गर्दा सबै घरमै बस्न बाध्य छन् ।  जसको कारण अनलाइन कक्षा तथा भिडियो कलिङ सेवामा अहिले धेरै वृद्धि भएको छ ।

यही अवस्थालाई ध्यानमा राख्दै ह्वाट्सएपले पनि ग्रुप भिडियो कलको संख्यामा वृद्धि गरेको छ । अब ८ जनासम्म ह्वाट्सएपको ग्रुप भिडियो कलमा सहभागी हुन सक्ने छन् ।

यो सुविधा अहिले एन्ड्रोइड बेटा भर्सन २.२०.१३२ र आइओएसमा २.२०.५०.२५ मा  उपलब्ध रहेको छ । यसअघि ह्वाट्सएपमा ४ जनाले मात्रै भिडियो कल गर्न सकिने सुविधा रहेको थियो ।

भिडियो कलको सेवामा वद्धि भएपछि केही समय अघि गूगल डुओले पनि १२ जनासम्मले ग्रुप भिडियो कल गर्न सकिने बनाएको थियो ।