कीवर्डहरू -

कोरोना भाइरस रोकथामको लागि कन्ट्याक्ट ट्रेसिङ गर्न प्रदेश ५ को आफ्नै मोबाइल एप

ब्लुटुथ प्रविधिमा आधारित यो एप कन्ट्याक्ट ट्रेसिङको लागि मात्रै प्रयोग हुनेछ ।

कोरोना भाइरस रोकथामको लागि कन्ट्याक्ट ट्रेसिङ गर्न प्रदेश ५ को आफ्नै मोबाइल एप

प्रदेश नम्बर ५ ले कोरोना भाइरस रोकथाम लागि ‘नेपाल ट्रेस’ नामक कन्ट्याक्ट ट्रेसिङ  मोबाइल एप सार्वजनिक गरेको छ ।

ब्लुटुथ प्रविधिमा आधारित यो एप कन्ट्याक्ट ट्रेसिङको लागि मात्रै प्रयोग हुनेछ । तर मोबाइलमा ब्लुटुथ भने ‘अन’ गरेको हुनुपर्ने छ ।

एप मार्फत् यदि कुनै व्यक्तिलाई कोरोना पोजेटीभ देखिएमा उक्त व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको विवरण लिन तथा उनीहरुलाई सूचना दिन सकिने सूचना प्रविधि प्रतिष्ठान प्रदेश ५ का कार्यकारी निर्देशक अनुप बाँस्कोटा बताउँछन् ।’

‘यो एपमा  दुई वा दुई भन्दा बढी प्रयोगकर्ता नजिक आउने वित्तिकै ब्लु-टूथ मार्फत डेटा आदान प्रदान हुनेछ’, उनले भने, ‘यो एप प्ले स्टोरमा केही दिनमा आउनेछ । अहिलेलाई प्रदेश ५ का मुख्यमन्त्रीको वेबसाइटबाट डाउनलोड गर्न सकिने छ भने यो एप प्रयोग गर्न अनिवार्य भने  गरिएको छैन् ।’

\"\"

बाँस्कोटा भन्छन, ‘यो एपबाट नाम र फोन नम्बर  संकलन हुने तथा जसलाई कोरोना भाइरस रोकथामको लागि मात्रै प्रयोग गरिने र अन्य अवस्थामा डेटा गोप्य रहने प्रदेश सरकारको निर्णय रहेको छ ।’

ट्रेसिङ एपको प्रयोग गर्न एप डाउनलोड गरेर साइनअपमा क्लिक गरी मोबाइलको लोकेसन अन  गरी संक्षिप्त विवरण पठाउनु पर्नेछ । मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।

\"\"

यसअघि प्रदेश ५ ले प्रदेशभरका सूचना संकलन तथा सम्प्रेषण गर्नका लागि मोबाइल एपको निर्माण गरिसकेको छ । जसबाट कोरोना भाइरस बारे आफ्नो तथा अरुको विवरण पठाउन सकिन्छ ।

यो पनि पढ्नुहोस ।


अब कोरोना बारे जानकारी दिन र लिन प्रदेश ५ को आफ्नै एप