कीवर्डहरू -

ब्यालेन्स नभएपनि एनसेलमा भ्वाइस, डेटा र एसएमएसको सुविधा, स्टे होम प्याक १० दिनसम्म

ब्यालेन्स नभएपनि एनसेलमा भ्वाइस, डेटा र एसएमएसको सुविधा, स्टे होम प्याक १० दिनसम्म

एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य भएपनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाईसँग कुराकानी गर्न सक्ने भएका छन् ।

ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा सहितको बण्डल प्याक प्रयोग गरी त्यसको शुल्क ५ रुपैयाँ पछि तिर्न सक्नेछन् ।

कोरोनाभाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहकमाझ सेवा सुनिश्चित गर्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि यो आकर्षक प्याक उपलब्ध गराएको छ ।

यस योजना अन्तर्गत ग्राहकले मात्र  ५ रुपैयाँमा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा प्रयोग गर्न सक्नेछन् ।

शुन्य ब्यालेन्स भएका वा ब्यालेन्स ५ रुपैयाँ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुचारु गरेर आ–आफ्ना आफन्तसँग सम्पर्कमा रहन सक्ने कम्पनीले जनाएको छ ।

विपदको घडिमा ब्यालेन्स रिचार्जमा कठिनाइ भोग्दै सेवाको पहुँचबाट बन्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै एनसेलले ग्राहकलाई यो सुविधा उपलब्ध गराएको हो ।

एनसेलले लकडाउन शुरु भए पश्चात विगत एक महिनाको समयदेखि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स ५ रुपैयाँ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिन यो प्याक ल्याएको हो ।

यस अन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको बिहान ९ बजेसम्म प्रयोग गर्न सक्नेछन् । प्राप्त सेवाहरु ७ दिनको लागि मान्य हुनेछ ।

विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स ५ रुपैयाँ भन्दा कम भएका र एक महिना देखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजना अन्तर्गतको प्याक सुचारु गर्न सक्नेछन् ।

एनसेल प्रयोगकर्ताले यो प्याक सुचारू गर्न *९९८८*५५# वा *९९८८# डायल गर्नुपर्ने छ । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क स्वतः काटिने छ । तर यस बाहेक अन्य शुल्क लाग्ने छैन ।

यसका साथै एनसेलले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डेटा प्याकको समयसिमा ७ दिनबाट बढाई १० दिन पुर्‍याएको छ । ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक कर सहित २९३.६९ रुपैयाँमा सुचारु गर्न सक्नेछन् ।