कीवर्डहरू -

कोरोना विरुद्ध लड्न नेपालमै तयार भयो फेस शिल्ड र चस्मा

दैनिक ८ सय उत्पादन हुदै

कोरोना विरुद्ध लड्न नेपालमै तयार भयो फेस शिल्ड र चस्मा

प्रो टेक नेपाल संस्थाले कोरोना विरुद्ध लड्न फेस शिल्ड भिजर र सुरक्षित चस्मा तयार गरेको छ । फेस शिल्ड उत्पादन भइरहेको छ । भने सुरक्षित चस्माको प्रोटोटाइप तयार भएको छ ।

थ्रीडी प्रिन्टिङ, इन्जेक्सन मोडलिङ, लेजर, पीएलए प्लास्टिक, एबीएस प्लास्टिक  जस्ता विभिन्न सामग्रीको प्रयोग गरी फेस शिल्ड भिजरको निर्माण गरिएको प्रो टेक नेपालका प्रोजेक्ट संयोजक इन्जिनियर रामचन्द्र थापाले बताउँछन् ।

\"\"

‘हामीले फेस शिल्ड बाहेक उपचारको लागि लगाउने सुरक्षित चस्माको समेत प्रोटोटाइपको विकास गरिसकेका छौं जुन अहिले उत्पादनको प्रक्रियामा छ,’ उनले भने, ‘हामीले दैनिक ८ सय फेस शिल्ड भिजर उत्पादन गरिरहेको छौं भने १० दिनपछि सुरक्षित चस्मा पनि दैनिक ८ सय उत्पादन गर्ने योजनमा छौं ।

\"\"

थापा भन्छन्, हामीले उत्पादन गरेको फेस शिल्ड तथा उत्पादनको प्रक्रियामा रहेको चस्माको गुणस्तर कायम गर्न अन्तराष्ट्रिय गायडलाइन र मेडिकल ग्रेड कच्चा पदार्थको  अनुसरण गरेका छौं ।

संस्थाले अहिलेसम्म ३०० भन्दा बढी फेस शिल्डहरु विभिन्न अस्पताल तथा संघसंस्थामा वितरण गरिसकेको बताएको छ । त्यस्तै राष्ट्रिय आविस्कार केन्द्रलाई पनि फेश शिल्ड दिइएको प्रोटेक नेपालले जनाएको छ ।