फेसबुकले रिलायन्स जिओको ९.९९ प्रतिशत शेयर खरिद गरेको छ । यो सँगै रिलायन्स जिओमा अब फेसबुकले ५.७ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको हो ।
फेसबुकका सिईओ मार्क जुकरवर्गले एक फेसबुक पोष्टमा भनेका छन्, ‘यो साझेदारीले भारतमा ६० मिलियन भन्दा बढी साना व्यवसायलाई बढाउन सहयोग गर्नेछ’ ।
फेसबुकले भारतमा ह्वाट्सएप मार्फत भुक्तानी सेवा पनि प्रदान गर्ने बताइएको छ । भारतमा ह्वाट्सएपका ४०० मिलियन प्रयोगकर्ता छन् ।