कीवर्डहरू -

डिसहोमको सिनेमाघरमा चलचित्र छ माया छपक्कै

डिसहोमको सिनेमाघरमा चलचित्र छ माया छपक्कै

नेपाली चलचित्र ‘छ माया छपक्कै’ अब डिसहोमको सिनेमाघरमा हेर्न सकिने भएको छ । चलचित्र छ माया छपक्कै बैशाख ११ गते बिहीबारबाट डिसहोमको सिनेमाघर च्यानल नम्बर ८८८ मा प्रदर्शन हुने भएको हो ।

लोकप्रिय चलचित्र छ माया छपक्कै बिहान १ बजे, ४ बजे, १० बजे, दिउँसो १ बजे, ४ बजे, साँझ ७ बजे र राती १० बजे गरी दैनिक  ८ शोमा प्रदर्शन हुनेछ ।

स-परिवार मिलेर चलचित्र हेर्न प्रति शो २२५ रुपैयाँ तिर्नुपर्ने छ । यस चलचित्रमा जितु नेपाल, दीपकराज गरी, केकी अधिकारी तथा केदार घिमेरे मुख्य भुमिकामा रहेका छन् ।

\"\"

डिसहोमले आफ्ना ग्राहकहरुको मनोरञ्जनलाई विशेष ध्यानमा राखेर विगत ३ वर्षदेखि डिसहोम सिनेमाघर च्यानल नम्बर ८८८ मा सञ्चालन गर्दै आइरहेको छ ।

डिसहोम सिनेमाघर फिल्म सञ्चालन गर्न आइभिआर नम्बर ९८०११९०९९० मा फोन गरेर अथवा मोवाइलबाट ३२५०० वा ३२५८० मा साधारण एसएमएस पठाएर पनि चलचित्र सजिलै खुलाउन सकिन्छ ।

त्यस्तैगरी सिनेमाघर खुलाउने अर्को विधि भनेको डिसहोम ग्राहक सेवा केन्द्र १६६० ०१ २२०००, ०१ ४२१७६६६ र ९८०११५५००० मा फोन गरेर अथवा नजिकको डिसहोम विक्रेतासँग सिधै सम्पर्क गरेर पनि डिसहोम सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ ।