कीवर्डहरू -

सन् २०२० को पहिलो त्रैमासिकमा नेटफ्लिक्सले १ करोड भन्दा बढी नयाँ ग्राहक थप्यो 

सन् २०२० को पहिलो त्रैमासिकमा नेटफ्लिक्सले १ करोड भन्दा बढी नयाँ ग्राहक थप्यो 

भिडियो स्ट्रिमिङ सेवा प्रदान गरिरहेको कम्पनी नेटफ्लिक्सले सन् २०२० को पहिलो त्रैमासिकमा १ करोड ५८ लाख नयाँ ग्राहक थप्न सफल भएको छ ।

तर नेटफ्लिक्सले भने पहिलो त्रैमासिकमा ७२ लाख नयाँ ग्राहक हुने अनुमान गरेको थियो । यो सँगै अब विश्वभर नेटफ्लिक्सका प्रयोगकर्ता १८ करोड २० लाख भन्दा बढी पुगेका छन् ।

नेटफ्लिक्सलेका अनुसार महामारीले गर्दा मानिसहरु घरमै बसेका कारण ग्राहकको संख्या वृद्धि भएको हो ।  तर वृद्धि संख्या अस्थायी भएको बताएको छ ।

ग्राहक मात्र नभएर नेटफ्लिक्सले पहिलो त्रैमासिकमा आम्दानी पनि थप्न सफल भएको छ । उसले पहिलो त्रैमासिकमा ५ अर्ब ७७ करोड डलर आम्दानी गर्न सफल भएको छ । आम्दानी चाहिँ उसले आशा गरे भन्दा केही बढी मात्रै गर्न सफल भएको हो ।