कीवर्डहरू -

प्रविधि क्षेत्रका प्रभावशाली १० महिला

गर्ल्स इन आइसिटी डे बिशेष

प्रविधि क्षेत्रका प्रभावशाली १० महिला

फोब्सको प्रभावशाली महिलाहरुको सूचीमा धेरै कम्पनीका सिइओदेखि रोल मोडल, उद्यमी तथा राजनीतिक क्षेत्रमा कार्यरत धेरै महिला पर्न सफल भएका छन । यसैक्रममा प्रविधिको क्षेत्रमा कार्यरत महिलाहरुको बारेमा फोब्र्सले केहि हाइलाइट गरेको छ ।

सेरिल स्यान्डबर्ग
उनी सन् २०१२ मा फेसबुकको चिफ अपरेटिङ अफिसर हुने पहिलो महिला बनिन् । उनी सोसल नेटवर्किङ फर्म गुगलमा सन् २००७ बाट प्रवेश गरेर आफ्नो करिअरको सुरुवात  गरेकी थिइन् । उनी यसअघि युनाइटेडस्टेट्स सेक्रेटरी अफद ट्रेजरीमा चिफकोरुपमा कार्यरत थिइन् । उनले फेसबुकको निरन्तर विकासका लागि सहयोग गरिन् । र टेक इन्डस्ट्रीमा हुने लैंगिक अन्तरलाई सम्बोधन गर्नका लागि पहलसमेत गरेकी थिइन् । उनी अहिले वुमन फर वुमन इन्टरनेसनलको बोर्डमा छिन् । अहिले नेटवर्थ जम्मा १.६ बिलियन डलर रहेको छ ।

\"\"
सुसन वोजसिस्की
उनी गुगलको सुरुवाती दिनबाटै गुगल टिमसँगै कार्यरत छिन् । उनले १९९९ बाट गुगलमा मार्केटिङ म्यानेजरका रुपमा काम गर्न थालेकी थिइन् । तर त्यसअघि भने उनी क्यालिफोर्नियाको इन्टेल कम्पनीमा मार्केटिङमा कार्यरत थिइन् । वोजसिस्कीले गुगलको गुगल इमेज तथा गुगल बुक्सको विकासमा समेत महत्वपूर्ण योगदान दिएकी छिन् । उनी अहिले भिडियो स्ट्रिमिङ साइट युट्युबको सीइओको रुपमा कार्यरत छिन् । वोजसिस्किको हालैको नेट वर्थ जम्मा ४१० मिलियन
डलर छ ।

जिनी रोमाटी
जिन्नी बिजनेस एक्जेक्युटिभ हुन् अहिले अमेरिकन मल्टिनेसनल टेक्नोलोजी कम्पनी आइबीएम ( International Business Machines Corporation ) को प्रेसिडेन्ट तथा सिइओ हुन् । साथमा उक्त कम्पनीको नेतृत्व गर्न पहिलो महिलासमेत हुन् । उक्त कम्पनीको सीइओ तथा प्रेसिडेन्ट बन्नुअघि सिनियर भाइस प्रेसिडेन्ट र सेल्स, मार्केटिङ तथा स्ट्राटेजीका लागि ग्रुप एक्जेक्युटिभको पद सम्हालिरहेकी थिइन् । उनले आइबिएम कम्पनीमा सन् १९८१ मा सिस्टम इन्जिनियरका रुपमा आबद्ध भएकी थिइन् । ६० वर्षीय बिजनेस एक्जेक्युटिभ जिनी रोमाटीको कुल सम्पत्ति ३२.७ मिलियन डलर छ ।

\"\"

मेग ह्वाइटम्यान
अमेरिकन मल्टिनेसनल इन्फर्मेसन टेक्नोलोजी कम्पनी Hewle Packard Enterprise Company - HPE _ को पूर्वसिइओ मेग ह्वाइटम्यान अघिल्लो वर्षको मोस्ट पावरफुल वुमनको सूचीमा १२ औं नम्बरमा पर्न सफल भएकी थिइन् । उनी अमेरिकन बिजनेस एक्जेक्युटिभ, पोलिटिकल
एक्टिभिस्ट तथा फिलान्थ्रोपिस्टसमेत हुन् ।
ह्वाइटम्यानले Hewlett Packard Enterprise Company मा प्रेसिडेन्ट र चिफ एक्जेक्युटिभ अफिसरका रुपमा काम गरिन् । साथै उनले सन् १९९८ बाट २००८ सम्म भद्यबथ मा पनि प्रेसिडेन्ट र चिफ एक्जेक्युटिभ अफिसरको पदमा बसेर काम गरेकी थिइन् । उनले १० वर्ष लामो कार्यकालमा ३० जना कर्मचारी र ४ मिलियन डलर वार्षिक आयदेखि १५ हजारभन्दा धेरै कर्मचारी र ८ बिलियन डलर वार्षिक आयसम्म उनले निरीक्षण गरेकी थिइन् । यसका साथै मेग ह्वाइटम्यान सन् २०१४ मा फोब्र्सको अधिक प्रभावशाली महिलाको सूचीमा २० औं नम्बरमा समेत परेकी थिइन् । ह्वाइटम्यानको कुल सम्पत्ति ३ बिलियन डलर रहेको छ ।

एन्जेला अरेन्ड
फोब्र्सको २०१७ को प्रभावशाली महिलाको लिस्टमा एप्पल कम्पनीकी एन्जेला अह्रेन्ड्स १३ औं नम्बरमा पर्न सफल भएकी थिइन । टप् २५ भित्र पछिल्ला वर्षहरुमा भन्दा दुई स्थानमाथि उक्लिएर उनी १३औं स्थानमा परेकी हुन् । एन्जेला अमेरिकन बिजनेस वुमेन हुन् र उनी एप्पल कम्पनीको भाइस प्रेसिडेन्टसमेत हुन् । यसअघि उनले २००६ बाट २०१४ सम्म बरबेरी कम्पनीको सीइओका रुपमा कार्यभार सम्हालेकी थिइन् ।

उनले २०१४ मा बरबेरी कम्पनी कम्पनी छोडेर एप्पल कम्पनी प्रवेस गरेकी थिइन् । उनी बिबिसी रेडियो ४ वुमन आवर १०० पावर लिस्टमा ९ औं प्रभावशाली महिला बन्न सफल भएकी थिइन् । एप्पलको भाइस प्रेसिडेन्टका रुपमा कार्यरत एन्जेलाले अनलाइन सेल्स च्यानल र विश्वकै ठूलो कम्पनीको मोर्टर र ब्रिक्सको सेल्सको उत्तरदाइत्वसमेत वहन गरेकी छन् । अहिले कम्पनीको एक्जेक्युटिभ बोर्डमा उनी एक मात्र महिला रहेकी छन् । उनको तलब ७३.१ मिलियन अमेरिकी डलर रहेको छ भने उनको नेट वर्थ १५० मिलियन रहेको छ ।

साफरा का \"\"
फोब्र्सका अनुसार उनि १८ औं प्रभावशाली महिलामा साफरा काज बनेकी थिइन् । काज इजरायली मूलकी अमेरिकन बिजनेस एक्जेक्युटिभ हुन् । उनी १९९९ बाट Oracle Corporate मा एक्जेक्युटिभ भएर काम गरिरहेकी छिन् । २०११ बाट उनी उक्त कम्पनीको को सीइओका रुपमा नियुक्त भइन् । २००९ मा उनलाई फच्र्युनले मोस्ट पावरफुल वुमन इन बिजनेसको सूचीमा १२ औं नम्बर राखेको थियो । त्यसपछि २०१४ फोब्र्सले उनलाई उक्त सुचीको १४ औं स्थानमा राखेको थियो । Oracle Corporate मा कम्पनीकी सीइओ साफरा काजको नेटवर्थ ५१० मिलियन डलर छ ।

रूथ पोरट
रूथ पोरट ब्रिटिस अमेरिकन फाइनान्सिील एक्जेक्युटिभ हुन् । उनी अहिले अल्फाबेट कम्पनीको चिफ फाइनान्सियल अफिसर (सीएफओ को रुपमा काम गरिरहेकी छन् । उनी यसअघि मोर्गान स्टानले कम्पनीको एक्जेक्युटिभ भाइस प्रेसिडेन्ट भएर २०१० देखि २०१५ सम्म काम गरेकी थिइन् । वर्ष २०१७ मा फोब्र्सले तयार गरेको प्रभावशाली महिलाको सूचीमा रूथ पोरट २५ औं स्थानमा परेकी थिइन । उनी २०१५ बाट गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटमा सीएफओको रुपमा काम गरिरहेकी छिन् । गुगलको सेयर मूल्य वृद्धि गर्ने र पहिलो पटक आर्थिक अनुशासन लागू गर्ने एक्जेक्युटिभको श्रेय उनलाई
प्रदान गरिएको थियो । उनलाई Ú 2018 All America Executive Team Ú मा बेस्ट इन्टरनेट सीएफओको रुपमा समेत सम्मानित गरिएको थियो । उनलाई अल्फाबेट कम्पनीले ७० मिलियन डलर दिने सम्झौता गरेर सीएफओको पोस्ट् दिएको थियो ।

लुसी पेंगी
अनलाइन बिजनेस जायान्ट कम्पनी अलिबाबा ग्रुपको फाउन्डरमध्येको एक लुसी पेंगहुन् । उक्त फर्ममा उनी ह्युमन रिसोर्स म्यानेजरका् रुपमा कार्यरत छिन् । उनी चीनमा सेल्फ मेड २१ महिला अर्बपतिमध्ये एक हुन् । २०१० बाट २०१३ सम्म पेंगले अलिपेको सीइओका रुपमा काम गरिन् । उनको म्यानेजमेन्टमा अलिपे चीनको सबैभन्दा सफल पेमेन्ट गेटवे बन्न सफल भएको थियो । अलिपेको २०१४ मा ८०० मिलियनभन्दा धेरै प्रयोगकर्ताहरु भएका थिए र २०१४ को अन्त्यतिर उक्त कम्पनीको भ्याल्यु ३० बिलियन डलर थियो । लुसी पेन्ग फोब्र्सले २०१७ मा सार्वजनिक गरेको प्रभावशाली महिलाको लिस्टमा ३४ औं नम्बरमा पर्न सफल भएकी थिइन । उनको अहिलेको नेट वर्थ १.१ बिलियन डलर रहेको छ ।

\"\"

एमी हुड
एमी हुड माइक्रोसफ्ट कम्पनीमा चिफ फाइनान्सियल अफिसरका रुपमा कार्यरत अमेरिकन बिजनेस वुमन हुन् । हुडले २००२ मा माइक्रोसफ्ट कम्पनी ज्वाइन गरेकी हुन् । यसका साथै उनले सर्भर र टुल तथा स्ट्राटेजी र बिजनेस डेभलपमेन्ट टिमको प्रमुखका रुपमा समेत काम गरिसकेकी छन् । एमी हुड प्रभावशाली महिलाको सूचीमा ३७ औं नम्बरमा पर्न सफल भएकी छन् । उनलाई २०१३ मा चिफ फाइनान्सियल अफिसरका रुपमा नियुक्त गरेको हो । माइक्रोसफ्ट कम्पनीमा चिफ फाइनान्सियल अफिसर एमी हुड को तलब ११,५८२,१४४ युएस डलर छ ।

जिन लिउ
जिन लिउ चाइनिज बिजनेस एक्जेक्युटिभ हुन् । यसका साथै उनी चाइनाको सबैभन्दा ठूलो मोबाइल ट्रान्सपोर्टेसन प्लाटफर्म Didi Chuxing कम्पनीका प्रेसिडेन्ट हुन् ।  उनले Goldman SachsAsia मा म्यनेजिङ डाइरेक्टर हुन्जेल सम्म १२ वर्ष काम गरिन् । यसपछि उनले २०१४ मा उक्त कम्पनी छोडिन् । Didi Chuxing कम्पनीमा प्रवेश गरेपछि उनले Didi Dache र यसको मुख्य प्रतिस्पर्धी कम्पनी Kuaidi लाई मर्ज गर्ने महङ्खवपूर्ण काम गरिन् । यसपछि उक्त कम्पनीहरु मर्ज भएर Kuaidi राखियो । र यसपछि फेरि उक्त कम्पनीको नाम Didi Chuxing राखियो । जिन लिउ
२०१७ मा फोब्र्सले सार्वजनिक गरेको विश्वभरका प्रभावशाली महिलाहरुको सूचीमा ४० नम्बरमा पर्न सफल भएकी छिन् ।