कीवर्डहरू -

बढ्दैछ सूचना प्रविधिमा महिलाको क्रेज र पहिचान

गर्ल्स इन आइसिटी डे बिशेष

बढ्दैछ सूचना प्रविधिमा महिलाको क्रेज र पहिचान

८ वर्षअघिको कुरा हो । सफ्टवेयर कम्पनी लगप्वइन्ट नेपालमा मोना न्याच्छों गोपाजुले काम सुरु गर्दा एक्ली महिला कर्मचारी थिइन् । डेनिसबेस्ड यो कम्पनीमा अवसर पाउनु नै ठूलो कुरा थियो । त्यो पनि महिला भएर । कामप्रतिको लगाव र इमानदारीले मोनालाई २ वर्षमै कम्पनीको नेतृत्व गर्ने अवसर दियो । उनले पछिल्लो ४ वर्षदेखि कम्पनी सिइओका रुपमा काम गरिरहेकी छन् । ‘जीवनमा अगाडि बढ्न कडा परिश्रम, समर्पण, सकारात्मक सोच, इमानदारी र सिर्जनशीलता हुनुपर्छ भन्ने मान्यता मेरो छ,’ उनी भन्छिन् । नयाँ पिँढीहरुका लागि ‘रोल मोडेल’ हुन् मोना ।

मोना एक उदाहरण हुन् । पछिल्लो समय अन्य क्षेत्रमा जस्तै सूचना प्रविधिसम्बन्धी विभिन्न कामहरुमा महिलाको उपस्थिति बढ्दो छ । नेपालमा हाल २१ हजारको हाराहारीका महिला आइसिटी क्षेत्रमा सहभागी भएको अनुमान छ । सूचना प्रविधिको विकास र विस्तार गाउगाउसम्म पुगिसकेकाले युवा महिलाका लागि अब आइटी क्षेत्र विशेष आकर्षण हुन सक्छ ।

‘अहिले नेपालमै ब्याचलर्स र मास्टर्स डिग्रीमा विभिन्न विश्वविद्यालयका इन्जिनियरिङ र आइटी कोर्स सञ्चालन भइरहेका छन्, जहा महिला विद्यार्थीको उपस्थति पुरुषको भन्दा कम भए पनि बढ्दो छ । यसलाई निरन्तर टिकाउन र प्रविधिकै क्षेत्रमा अवसर दिन सके महिलाको वास्तविक सहभागिता हुने देखिन्छ,’ नेपाल दूरसञ्चार प्राधिकरणकी सहनिर्देशक प्रज्ञा ढुंगानाले भनिन् । सूचना प्रविधिसम्बन्धी नेपाली महिलाले सिर्जना गरेका प्रविधि पनि आकर्षक र नवीनतम रहेको उनको धारणा छ ।

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको अध्ययनले सन् २०३० सम्ममा आइटी तथा डिजिटल प्रविधिको क्षेत्रमा अन्य प्रविधिको क्षेत्रको तुलनामा बढी अवसर तथा रोजगारी मिल्ने सम्भावना देखाएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको अध्ययनले सन् २०३० सम्ममा आइटी तथा डिजिटल प्रविधिको क्षेत्रमा अन्य प्रविधिको क्षेत्रको तुलनामा बढी अवसर तथा रोजगारी मिल्ने सम्भावना देखाएका छन् । हाल यस क्षेत्रमा सीपको खडेरी रहेको अनुमान गरिएको छ । जसले गर्दा यस्ता विषय लिई अध्ययन, अनुसन्धान गर्ने जनशक्ति आइसिटी बजारमा बिक्न तथा रोजगार पाउन सक्छन् । साथै महिला विशेषका लागि नेपाल सरकारले लोकसेवालगायत सार्वजनिक संस्थानहरुमा आरक्षणको व्यवस्था गरेकाले महिला तथा युवतीहरुलाई पेशा रोजगारका लागि सहज भएको छ । त्यस्तै संयुक्त राष्ट्रसंघ, यसअन्तर्गतका निकाय तथा अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरुमा ‘समावेशी रोजगारी’, ‘समान अवसर’, ‘महिलालाई विशेष ग्राह्यता’ जस्ता आकर्षक व्यवस्था विशेष रहेको पाइन्छ ।

परम्परागत सोच बदल्ने महिलाहरु विस्तारै नेपाली महिलाहरुमा पनि आइटी क्षेत्रले आफैं रोजगारी सिर्जना गर्छ भन्ने सोचाइ विकास भएको छ । प्रविधि पोख्त जोकोहीले कम्प्युटरका अगाडि बसेरै लाखौ कमाउन सक्छन् । ‘घरमै बसेर पनि काम गर्न सकिने वेब, ग्राफिक्स, एनिमेशन र सफ्टवेयरहरुको आउटसोर्सिङ महिलाका लागि अब आकर्षण हुन सक्छन् । यसका साथमा हरेक क्षेत्रमा् आइटीको माग भइरहेकाले महिलाको सशक्त उपस्थिति बढाउन सकिने अवस्था छ,’ ढुंगानाले भनिन् । केही वर्षअघिका तथ्यांकको तुलनामा प्रगति भए पनि यो क्षेत्रमा पुरुषको तुलनामा महिलाको अवस्था न्यून नै छ । ‘महिला भएकै कारण तैंले प्रविधि र उद्यमशीलताको क्षेत्रमा काम गर्न सक्दिनस्, गाह्रो छ, बीचमै छोड्नुपर्छ ।

परम्परागत सोच बदल्ने महिलाहरु विस्तारै नेपाली महिलाहरुमा पनि आइटी क्षेत्रले आफैं रोजगारी सिर्जना गर्छ भन्ने सोचाइ विकास भएको छ । प्रविधि पोख्त जोकोहीले कम्प्युटरका अगाडि बसेरै लाखौ कमाउन सक्छन् । ‘घरमै बसेर पनि काम गर्न सकिने वेब, ग्राफिक्स, एनिमेशन र सफ्टवेयरहरुको आउटसोर्सिङ महिलाका लागि अब आकर्षण हुन सक्छन् ।

जस्ता कुरा लिएर महिलालाई हतोत्साही गर्ने हाम्रो सामाजिक मानसिकता छ,’ अर्बान गर्ल नामक ईकसर्म कम्पनीकी संस्थापक निकिता आचार्य भन्छिन्, ‘तर पछिल्लो समयमा महिला आफैं कोडर भएर आउन थालेका छन् । उनीहरु आफंैले प्रविधिको महङ्खव बुझ्न थालेका छन् ।’ महिलाहरु उद्यमशीलता र सिर्जनशीलतामा क्रियाशील भएपनि आममहिलाको अवस्था भने उस्तै छ ।

धेरै महिलाको सोच अझै पनि फेसन, सजावट, मार्केटिङ, सिलाइबुनाइ आदिमा काम गर्नुपर्छ भन्ने छ । अलि पढेलेखेकाहरु शिक्षिका, सरकारी सेवा वा गैरसरकारी संस्थामा करिअर देख्छन् । उनीहरुलाई महिलाका लागि अरु पनि क्षेत्र छ भन्ने हेक्का नै हुदैन । दिनदिनै प्रविधि विकास भएका समाचार पढ्छन्, यस्ता प्रविधि प्रयोग गर्न पनि उत्सुक हुन्छन् । तर यसबाट जीवनशैली सहज बनाउने माध्यमबाहेक अन्य फाइदा देख्दैनन् । महिला स्वयम्को सशक्तीकरणमा महङ्खवपूर्ण माध्यम यस्ता सूचना प्रविधि बन्न सक्छन् भन्नेमा उनीहरुलाई कमै जानकारी हुन्छ । घरायसी सामान्य काम जस्तै, बिजुली, टीभी, रेडियो, धारासम्बन्धी वा केही प्राविधिक मर्मत गर्नुप¥यो, पुरुष नै अगाडि बढ्छन् ।

‘अब भने सोच बदल्ने बेला आएको छ,’ वर्डप्रेससम्बन्धी कार्य गर्ने डब्लुपिअल क्लबकी संस्थापक एवं सिइओ प्रिथ्यु सिंह ठकुरी भन्छिन्, ‘महिला पनि आइटीको स्कोप, सम्भावना र अवसरको बारेमा जानकार हुनुपर्छ । हामीले बुझ्नुपर्छ कि कुनै पनि क्षेत्र र पेशा कुनै लिंगमा मात्रै सीमित छैन ।’


पछिल्लो समय महिलालाई प्रविधिमा सशक्तीकरण गराउने चेतनामूलक कार्यक्रम, तालिम तथा कार्यशाला हुन थालेका छन् । ‘कलेज पढ्दै गरेकी किशोरीदेखि इन्टरनेट नपुगेको गाउँकी महिलासम्मलाई लक्षित गरी यस्ता कार्यक्रम हुन थालेका छन् । उनीहरुलाई सूचना प्रविधिमार्फत केके गर्न सकिन्छ भनेर जानकारी दिन आवश्यक छ,’ महिला लक्षित कार्यक्रमहरुमा प्रशिक्षकको रुपमा काम गरिरहेकी पत्रकार सरस्वती ढकालले भनिन् ।

नेपालमा आइसिटी क्षेत्रमा उदाहरणीय काम गरिरहेका महिलाहरु पनि प्रशस्त छन् । यसमध्ये कामिनी राजभण्डारी, तिमिला यमी, गुणकेशरी प्रधान, रत्नतारा वैद्य, सुनैना घिमिरे, रेभा राजभण्डारीलगायत पुराना अनुहार हुन्, जसले धेरै चुनौतीका बाबजुद पनि यो क्षेत्रबाट नाम कमाउन सफल भए । पछिल्लो पुस्ताका धेरै अनुहारहरु अवसरलाई पहिचान गर्न सकेकै कारण छोटो समयमै सफल भइरहेका छन् । ‘आइटीमै कोडिङ, प्रोग्रामिङ, डिजाइनिङ र डेभलपमेन्टमा लाग्ने महिलाहरु पनि बढेका छन् । उनीहरुले महिलाले परम्परागत जागिर न ै गनर्पु र्छ  भन्न े साचे बदलिरहेका छन्,’ आचार्यले भनिन् ।

सूचना प्रविधि प्रयोग गर्न वा यो क्षेत्रमा लाग्न पहिला त उनीहरुमै इच्छाशक्ति हुनुप¥यो । प्रविधिको क्षेत्र पुरुष र महिला दुवैका लागि हो भन्ने सोचाइको विकास हुनुप¥यो । त्यसपछि काममा समर्पण र लगनशीलता अनिवार्य चाहिन्छ

महिला सशक्तीकरणमा उत्तिकै उपयोगी बच्चा जन्माउन, स्याहारससुार गर्न, भान्साकै काममा व्यस्त हनु पर्ने सामाजिक संरचनाका कारण महिला नेतृत्वदायी भूमिकामा आउन सकिरहेका छैनन् । महिलाको वृत्ति विकास नहुदासम्म देशको अर्थतन्त्रसमेत माथि आउन सकिरहेको छैन । ‘आज हाम्रो देशलाइ तेस्रो विश्वको सूचीमा राखिनुमा पनि यहाको व्याप्त लैङ्गिक विभेद मुख्य कारण हो । त्यसैले महिलालाई सामाजिक एकाइहरुमा समान पहुच राख्न सूचना प्रविधिका टुल्सको सशक्त प्रयागे गर्नु आजका े आवश्यकता हो,’ क्यान महासंघकी पूर्व उपाध्यक्ष तथा उद्यमी सुनैना घिमिरे भन्छिन् ।
पछिल्लो समय सूचना प्रविधिमा महिला सशक्तीकरणका लागि कार्यक्रमहरु बढ्न थालेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण, माइक्रोसफ्ट इन्नोभेसन सेन्टर (एमआइसी), क्यान महासंघ, वुमन इन एसटिइएम, गुगल डेभे लपमन्ेट गपु्र (जिडिजी)को वमुन टेकमेकर्स, गल्र्स इन टेक्नोलोजी, सिक्ट नेपाल, इक्वेल एक्सेसका साथमा स्थानीय स्तरका समूहहरुले तालिम, वर्कसप तथा चेतनामूलक कार्यक्रम गरिरहेका छन् ।

प्रविधिमा पहुँच कसरी बढाउने ?
सूचना प्रविधिमा महिला हिस्सा बढाउन सबैभन्दा ठूलो भूमिका महिलाकै हुने दृष्टिकोण उपाध्यक्ष घिमिरेको छ । उनका अनुसार सानासाना काममा पनि महिला पुरुषमै निर्भर छन् । ‘जबसम्म महिला प्रविधिमैत्री बन्न सक्दैनन्, तबसम्म महिला सशक्तीकरण हुन सक्ने स्थिति छैन । सूचना प्रविधि प्रयोग गर्न वा यो क्षेत्रमा लाग्न पहिला त उनीहरुमै इच्छाशक्ति हुनुप¥यो ।

प्रविधिको क्षेत्र पुरुष र महिला दुवैका लागि हो भन्ने सोचाइको विकास हुनुप¥यो । त्यसपछि काममा समर्पण र लगनशीलता अनिवार्य चाहिन्छ,’ उनले भनिन् । आइटीमा ‘टाइम इन्भेस्टमेन्ट’ र ’ डेडिकेशन’ नै मुख्य कुरा हो । त्यसैले सबै कुरा बुझेर आए महिलाले पनि आइटी लिड गर्न सक्छन् ।’ त्यस्तै आइटीमा लाग्नहे रुमा ट ु दि प्वइन्ट करु ा गर्ने खुबी पनि हुनुपर्छ । हरेक निर्णयमा शतप्रतिशत ढुक्क भएर मात्र ै गर्ने हरेक कामको पूर्ण जिम्मेवारी लिने महिला सफल उद्यमी बन्ने क्षमता राख्छन् ।

त्यसैगरी आइटी जनशक्ति निर्माण गर्नलाई विद्यालयतहदेखि नै आइटी र इन्जिजयरिङ शिक्षा प्रदान गनर्पुर्ने प्राध्यापक तिमिला यमी थापा बताउँछिन् । ‘हाल महिला विद्यार्थीको पनि प्राविधिक शिक्षामा आकर्षण बढिरहेको छ, त्यसैले सरकार र विश्वविद्यालयले महिलालाई विशेष प्याकेज दिई अध्यापन गराउनुपर्छ । पढाइपछि उनीहरुलाई आन्टरप्रेनियर बन्न प्रात्साहन गनर्पुछ, ’ उनी भन्छिन् ।

तेस्रो महङ्खवपूर्ण पक्ष हो, अवेरनेश । सूचना प्रविधिको सही प्रयोगलाई अझ बढावा दिन यसबाट लिन सकिने लाभका बारेमा अवेरनेश कार्यक्रम सञ्चालन गरिनुपर्छ । महिला सशक्तीकरणको महङ्खवपूर्ण माध्यम नै अवेशनश हो । यो क्षेत्रमा आउन महिलामा आत्मबल कम छ । उनीहरु नैतिक रुपमै प्रविधिबाट टाढा हुन खोज्छन् ।

त्यसकारण यो क्षेत्रमा करिअर छ भनेर अवेर गराउनु आजको आवश्यकता हो । सूचना प्रविधिले डिजिटल साक्षरता बढाएर महिला स्वयमेलाई सिर्जनशील बनाउने सक्ने देखिन्छ । त्यस्तैगरी राज्यले आइटी क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गनसक्नपुर्ने मत घिमिरेको छ । भन्छिन्, ‘लगानीको सुरक्षा, प्रडक्ट आयात र निर्यातमा स्पष्ट नीति र साना तथा स्वरोजगारमूलक कामलाई प्रात्ेसाहन गनर्पु र्छ  ।’