नुबियाले चीनमा ‘नुबिया प्ले फाइभ जी’ मोबाइल सार्वजनिक गरेको छ । नुबियाले गत महिना मात्रै गेमिङ फोन नुबिया रेड म्याजिक फाइभ जी सार्वजनिक गरेको थियो ।
नुबिया प्ले फाइभ जी पनि गेमिङ फोन नै रहेको छ । यसमा १४४ हर्ज रिफ्रेस रेट रहेको छ । नुबियाको नयाँ फोनमा ६.६५ इन्च एमोलेड डिस्प्ले राखिएको छ । यसमा क्वालकम स्न्यापड्रयाग्न ७६५ जी सेभेन एनएम मोबाइल प्लाटफर्म प्रयोग गरिएको छ ।
नुबिया प्ले फाइभ जी ४८ मेगापिक्सेल मेन क्यामेरा सहित ४ रियर क्यामेरा रहेको छ । यसको प्राइमरी क्यामेरामा सोनी सेन्सर प्रयोग गरिएको छ । साथै यस फोनमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । यो फोन कालो, निलो र सेतो रङमा उपलब्ध रहेको छ ।
नुबिया युआई ८ मा आधारित फोनमा एन्ड्रोइड टेन अपरेटिङ सिस्टम रहेको छ । फिंगरप्रिन्ट सेन्सर सहित ५१०० एमएएच ब्याट्रीको साथ यो फोन उपलब्ध रहेको छ ।
यो ६ जीबी र्याम, ८ जीबी र्याम तथा १२८ जीबी र २५८ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यस मोबाइलमा फास्ट चार्जिङको सुविधा पनि रहेको छ ।