कीवर्डहरू -

अर्बान गर्लबाट उदाएकी निकिता

गर्ल्स इन आइसिटी डे बिशेष

अर्बान गर्लबाट उदाएकी निकिता

नेपालमा अनलाइन बिजनेसको कुरा उठ्दा युवा उद्यमी निकिता आचार्यलाई नचिन्ने बिरलै होलान् । काठमाडौँ प्सीकोलाकी निकिताले १९ वर्षको उमेरमा महिलाका सामानहरु अनलाइनबाट बेच्ने ‘अर्बान गर्ल’ सुरु गरिन् ।

८ वर्षअघि यो व्यवसाय सुरु गर्दा लगानीका लागि उनीसँग पर्याप्त रकम थिएन । घरमा पनि भनेकी थिइनन् । अका तर्र्फ अनलाइन सपिङ साइटका लागि नपोली माकर्टे नै तयार थिएन । अहिले उनको बिजनेस व्यापकरुपमा विस्तार भएको छ ।

अर्बान गर्लको ब्रान्चका रुपमा उनको टिमले पुरानो बानेश्वर र पोखरामा युजी केक्स -बेकरी अर्डर लिने ठाउँ समेत_ सञ्चालन गर्दै आएको छ । कम्पनीकी सिइओसमेत रहेकी उनले भनिन्, ‘जुन समय म काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा बिबिए पढ्दै थिएँ । त्यतिबले  अनलाइन सप गर्ने ट्रेन्ड नै थिएन । मेरो साथी झापाका किरण तिल्मिसिना र मैले अनलाइन बिजनशेका }ग्लाबेल ट्रेन्ड हेरेर अर्बान गर्ल सुरु गर्यौ ।

हामी दवै जना पहिले आइटी स्टाटर्अप कम्पनीमा काम गथ्र्याै । त्यो कम्पनी चाँडै बन्द भएपछि हामी आफैले केहि नयाँ सुरु गरौ भन्ने साचेर नै ईकमर्स प्लाटफर्ममा अर्बान गर्लको अवधारणा ल्याएका थियौ ।  अर्बान गर्लमा राम्रा प्रडक्टहरु आफले इम्पार्टे गर्न थाले उनीहरुले । वेबसाइट बनाउने पैसा थिएन । सोसल मिडिया -विशेष गरी फेसबुक_ प्रयोग गर्न थाले । ‘प्रडक्टको मार्किेटङ र अडर्रका लागि सोसल मिडियाको प्रयोग भए पनि खासै राम्रो हुन नसकेपछि हामीले १०–१० हजार रुपैयाँ उठाएर आफ्नै बिजनेस सुरु गरको हौ ’ उनले सुनाइन् ।

सुरुमा उनीहरुले यहीँका स्थानीय उत्पादनलाई नै अनलाइन स्टोरमा राखे । ‘अर्डर आएपछि आफै डेलिभर गथ्र्यौ । उपभोत्तासँग फिडब्याक पनि आफै लिन्थ्यौ । तर, यहाँका मान्छेहरुले त्यो आइडिया रुचाउनु भएन । किनकी उहाँहरुको आफ्नै पसलबाट सामान सेल भइराखेको थियो । हामीले भने ग्राहकको अर्डरबमोजिम घरसम्म सामान पु¥याउन थाल्यौ, ’उनले भनिन् ।

एउटा सानो कोठाबाट उनीहरुले अफिस सुरु गरेका थिए । अहिले विभिन्न ठाउँमा फिजिकल अफिस छ । मिड बानेश्वरमा रहेको अफिसमा ३० जना बढिले काम गर्छन् । अर्वान गर्लसँगै उनिहरुले युजि केक भनेर छुट्टै कम्पनी पनि सञ्चालन गरिरहेका छन । पोखरामा पनि सञ्चालनमा रहेको अर्वान गर्लको कार्यालयमा १५ जना बढि काम गर्दछन ।

केहि समयअघि फोब्र्सले प्रकाशन गरेको ३० अण्डर ३० को एसियाको लिस्टमा पर्न सफल भएकी निकिता सूचना प्रविधिको क्षेत्रको एक सफल स्र्टाटअप हुन ।

उनको बिजनेसले तब प्रशंसा बटुल्यो जब मिडियामा अर्बान गर्ल र अन्य कामको चर्चा हुन थाल्यो । अधिकांश ठूला मिडियाले उनको स्टोरी लेखेका छन् । ‘यसपछि पहिले २÷३ वटा मात्रै अर्डर हुने अवस्था थियो भने अहिले दिनकै ६० देखि ७० वटा अर्डर हुने गरेको छ । रेगुलर रुपमा त्यति अर्डर हुनु आपैmमा राम्रो हो ’ उनले सुनाइन् ।

हाल महिनामा १५ लाख रुपियाँबराबरको कारोबार आफ्नो व्यवसायबाट भइरहेको जानकारी उनले दिइन् । उनी पछिल्लो समयमा आइटी र उद्यमशीलताको क्षेत्रमा महिलाको उपस्थिति बढेको देख्दा थप हौसिएकी छन् । ‘मैले सुरु गर्दा महिला युवा उद्यमी पाउनै मुस्किल थियो । आज प्रोगामिङदेखि कम्पनी ह्यान्डल गर्न थपै्र महिला छन्,’ उनले भनिन् ।

उनले आफ्नो अफिसमा पनि सकभर महिला कर्मचारी नै राख्ने गरेको बताइन् । साथमा उनले महिला उद्यमीसम्बन्धी थप्रै कायत्र्रmममा वक्ताका रुपमा भूमिका निभाउँछिन् । उनी स्वयम् वुमन आन्टरप्रेनरसिप डेककी कन्ट्री म्यानेजर हुन् । उनले ३ वर्षअघि ग्रामीण क्षेत्रका भूकम्प पीडितहरुका लागि सहयोग गर्न थुप्रै समहूको नेतृत्व पनि गरिन् ।

\"\"

अहिलेको ई–कमर्स बजारमा भने समस्या आइरहेको उनको विश्लेषण छ । ‘जो पायो त्यसैले चलाएका ई कर्मसहरु आइरहँदा समस्या भएको छ । एक दुई महिनाका लागि खोल्ने, अरुले त खोल्यो, म पनि खोल्छु भन्ने देखासिकी छ । जसले गर्दा नराम्रो सर्भिस भएको अवस्था छ भने ग्राहकले विश्वासै गरिहाल्ने अवस्था छैन ।

अनि बनेको बजार पनि बिग्रिरहेको अवस्था छ । विगत १ महिनादेखिको लकडाउनले झन समस्या निम्त्याएको उनको भनाई छ । तरपनि यो बेला थप रिसर्च र नयाँ काम कसरी गर्न सकिन्छ भन्नेतर्फ अध्ययन गरिरहेको आचार्यले बताइन । केहि समयअघि फोब्र्सले प्रकाशन गरेको ३० अण्डर ३० को एसियाको लिस्टमा पर्न सफल भएकी निकिता सूचना प्रविधिको क्षेत्रको एक सफल स्र्टाटअप हुन ।

गर्ल्स इन आइसिटी डेको अवसरमा निकितासँग गरिएको कुराकानीको आधारमा ।