कीवर्डहरू -

सूचना प्रविधि क्षेत्रका ५ अब्बल नेपाली महिला

\'विश्व महिला दिवस\' बिशेष

सूचना प्रविधि क्षेत्रका ५ अब्बल नेपाली महिला

इन्जिनियरिङ विषयकी प्रोफेसर तिमिला


\"\" त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानकी सहायक डिन समेत भएकी तिमिला यमीले वुमन आइकन आइसिटी अवार्ड २०२० प्राप्त गरेकी छिन् । नेपालकै पहिलो महिला इन्जिनयर प्रोफेसरको रुपमा उनलाई धेरैले चिन्छन् । २०२३ सालमा काठमाडौंको कान्तेश्वरी राज्यलक्ष्मी स्कुलबाट एसएलसी   गरेकी तिमिलाले भारतको इन्डियन इन्स्टिच्युट अफ इन्जिनियरिङ र बेलायतबाट उच्च शिक्षा हासिल गरेकी छन् ।

सरकारी र निजी स्तरमा आइसिटी क्षेत्रमा काम गर्ने क्रममा उनले सूचना प्रविधि परिषद, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आइटी र इन्जिनियरिङ विषयको पाठ्यक्रम निर्माणमा सहयोग, रुरल टेक्नोलोजी फन्डलगायत गरी  विभिन्न संस्थामा काम गर्दै आएकी छन् ।

उनका महिला र आइसिटी विषयमा ३० भन्दा बढी लेख प्रकाशित छन् । ‘मैले    निरन्तर रुपमा महिललाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन हुने काम गरिरहेकी छु । अहिले तत्कालै सूचना प्रविधिको विकास हुनेसम्भावना छैन । त्यसैल, अवेरनेशका कार्यक्रम नै महत्वपूर्ण हुन्,’ उनले भनिन् ।

बैंकिङ क्षेत्रकी पहिलो महिला आइटी प्रमुख रत्नतारा


बैंकिङ क्षेत्रकी पहिलो महिला आइटी प्रमुखका रुपमा रत्नतारा वैद्य परिचित छिन् । शिक्षिका बन्ने सपना  बोकेकी रत्न ताराले अगंजे्रीमा एमए गरेकी थिइन् । \"\" त्यतिबेला अमेरिकी दूतावासको सहयोगमा नेपालका ३० जनालाई फुल डाटा सिस्टम इन्टर नेसनल तालिम दिइएको थियो, जसमा रत्नतारा पनि अटाइन् । त्यसपछि उनी पूर्ण कम्प्युटर प्रोगामर बन्न सफल भइन् । अमेरिकामा समेत कम्प्युटर प्रोगामिङ गर्न सफल भएकी उनले सन् १९८५ देखि ८१ सालसम्ममा कम्प्युटर प्रोग्रामर बनेर काम गरिन् ।

कम्प्युटर प्रोग्रामर बन्न चाहने महिलाका लागि उनी आइडल हुन् । नेपाल बगंलादेश बैंक स्थापना भएसँगै आइटी अफिसरको रुपमा बैंक प्रवेश गरेकी उनी बंिैकङ क्षेत्रमा आइटी चिफ हुने एक्ली महिला हुन् ।

उनि अहिले प्रभु बैंकको आइटी चिफ कार्यरत छिन । यसैगरी क्यान महासंगको बरिस्ठ उपाध्यक्ष पनि हुन् रत्न तारा । आइटी क्षेत्रमा महिलाको सहभागिताको प्रसंगमा उनी भन्छिन्, ‘पहिलेको तुलनामा केही सहज देखिए पनि अझै महिला यो क्षेत्रमा खुलेर लागेका छैनन् । हाम्रो समाजले घरयासी काम नै महिलाको काम हो भन्ने मानसकिता दिएको छ ।

पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी


\"\" आइटीमा नेपाली महिलाको नाम लिनेबित्तिकै सम्झिइने नाम हो, गुणकेशरी प्रधान । उनी नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् । ०४२ सालमा युक्रेनबाट कम्प्युटर इन्जिनियर गरेर नेपाल फर्केकी प्रधानले नेपाल टेलिकमको अफिस भिजिट गर्न गएकै दिन सातौं तहको इन्जिनियरको नियुक्ति पाएकी थिइन् । टेलिकममा टेलिफोनको रकम भुक्तानी कार्य कम्प्ुटराइज्ड गरेर करिअर सुरु गरेकी उनले सिस्टम एनालाइसिस र अपरेसन, सफ्टवेयर डेभलपमेन्टमा काम गरिन् ।

नेपालमा जिएसएम मोबाइल र इन्टरनेट विस्तार हुदा त्यसको सुपरिवेक्षण पनि प्रधानले गरेकी थिइन् । हाल उनी टेलिकमको अपरेसनस एन्ड मेन्टेनेन्स डिपार्टमेन्टकी म्यानेजर रहेकी छन् । ‘त्यतिबेला नेपालमा यति इञ्जिनियरको आवश्यकता थियो कि म र मेरो साथी नेपाल टेलिकममा के के अवसर छ भनेर कार्यलय गएकै दिन तुरुन्तै तपाईंहरु हामीलाई चाहिएको छ, आजै नियुक्तिपत्र लिएर जानुहोस् भनेर आधा घण्टामै नियुक्ति दिइयो ।

त्यसपछि दूरसञ्चार कम्पनीमै करिअर सुरु भयो,’ उनले भनिन् । जुन उमेरमा महिला एग्रेसिभ्ली बिजनेस सेक्टरमा आउन सक्छन्, त्यतिबेला घरायसी समस्या जस्तै बिहे गर्नुपर्ने, घर रेखदेख, बालबाच्चा स्याहार गर्नुपर्ने लगायतका कारण महिला घरमै सीमित हुनुपरिरहेको
उनी बताउँछिन् ।

आइटी उद्यमी सुनैना


\"\" सन् १९७८ मा वीरगञ्जमा जन्मिएकी सुनैना घिमिरे 'पाण्डे' कम्प्युटर एसोसिएसन अफ नेपालकी पुर्व उपाध्यक्ष हुन् । १४ वर्षको उमेरदेखि नै काम गर्दै पढेकी सुनैनाले नेपालीमा लोकलाइज गर्ने प्रोजेक्टको कोओर्डिनेट गरेकी थिइन् । यसैगरी नेपाली युनिकोड, तिथिमिति रुपान्तरण, विन्डोज भित्रैबाट नेपाली भाषाको किबोर्डबाट टाइप गर्ने व्यवस्था ल्याउन उनले सहयोग गरेकी थिइन् ।

सुनैना नेपालमा माइक्रासेफट्को बिजनेस हेर्ने 'टेक वन'मा एसोसिएट जनरल म्यानेजर भएर केहि बर्ष काम गरिन । अहिले आफ्नै कम्पनि 'जनरल टेक्नोलोजी'को प्रवन्ध निर्देशकको रुपमा कम्पनि हाकिरहेकी सुनैनाले क्यान महासंघको केन्द्रीय तहमा महिलाको प्रतिनिधित्व गरेकी छन् ।

उनले क्यान मार्फत महिलाहरुको क्षमता अभिवृिद्ध गर्ने दजनौ कार्यक्रमहरुको  समन्वय गरेकी छिन् । क्यान महासंघको गत निर्बाचनमा अध्यक्ष पदमा झिनो अन्तरले पराजित भएपनि प्रविधिको सचेतना र विकासमा विभिन्न अभियानहरुमा क्रियाशील छिन् ।

कम्पनिलाइ नेतृत्व गर्दै महिला 'आइटी'मा सक्षम उद्यमी बन्न सक्छन भनि प्रमाणित गरिरहेकी सुनैना नेपालमा आइटी म्यागजिन सुरु गर्ने अभियन्ता पनि हुन् । महिलाको घरायसी दायित्व बढी हुने र टेक्नोलोजीमा अपटुडेट हुने समय कम भएकाले यो क्षेत्रमा सहभागिता थोरै देखिएको उनको अनुभव छ ।


सफ्टवेयर कम्पनीकी सिइओ मोना


\"\" मोना न्याच्छों 'गोपाजु' लगप्वइन्ट नेपालकी सिइओको कार्यभार सम्हालिसकेकी छिन्। पोखरा विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ गरेकी उनले पूर्वाञ्चल विश्वविद्यालयबाट मास्टर्स इन बिजनेस स्टडिज र त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स इन पब्लिक एडमिनिस्टे«सन सकेकी हुन् ।

इन्जिनियररिङ विद्यार्थीका रुपमा स्नातक पढ्दाकै समयमा आफ्नै कम्प्युटर इन्स्टिच्युटमा काम गरिन् र धेरै अनुभव हासिल गर्न पाइन् । उनले त्यहाँ कम्प्युटरको मेन्टेनेन्स गर्ने, प्रोग्रामिङ गर्ने, ज्ञान प्रदान गर्ने, क्लास र ल्याबमार्फत विद्यार्थीलाई सिकाउनेका साथमा रिसर्चको काम गर्थिन् ।

सन् २००६ मा स्नातक सकेपछि उनले युएस बेस्ड सफ्टेयर कम्पनी भेरिस्क इन्फर्मेसन टेक्नालोजीमा काम गर्न थालिन् । त्यहाँ सिनियर सफ्टवेयर डेभलपरकै हैसियतमा काम गर्न सफल मोना सन् २०१२ मा भने डेनिस बेस्ड आइटी कम्पनी लगप्वइन्टमा आइन् । त्यहाँकी पहिलो महिला कर्मचारी भइन् उनी । उनको दक्षता र कामप्रतिको लगावकै कारण सन् २०१४ देखि २०२० सम्म कम्पनीको सिइओका रुपमा कम्पनीको नेतृत्व गरेको हुन् । अहिले आफ्नै नेतृत्वमा नयाँ कम्पनि सुरु गरेकि उनले प्रविधि क्षेत्रमा महिला कुनै हिसाबले कम छैनन् भन्ने उदाहरण पेश गरेकी छन् ।