कीवर्डहरू -

फ्युज मेसिनले सार्वजनिक गर्‍यो एआई इनेबल एजुकेशन प्लाटफर्म ‘फ्युज क्लासरुम’

शैक्षिक संस्थालाई डिजिटलमा रुपान्तरण गर्नको लागि

फ्युज मेसिनले सार्वजनिक गर्‍यो एआई इनेबल एजुकेशन प्लाटफर्म ‘फ्युज क्लासरुम’

फ्युज मेसिन्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इनेबल एजुकेशन प्लाटफर्म ‘फ्युज क्लासरुम’ सार्वजनिक गरेको छ । फ्युज मेसिन्सले शैक्षिक संस्थालाई डिजिटलमा रुपान्तरण गर्नको लागि सहयोग गर्न एआई प्लटाफर्म प्रयोग भएको ‘फ्युज क्लासरुम’ सार्वजनिक गरेको हो ।

कम्पनीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘फ्युज क्लासरुम विद्यार्थिहरुलाई ध्यानमा राखेर विकास गरिएको हो । नवीनतम एआई तथा वेब र मोबाइल प्रविधिको संयोजन गरी विद्यालयहरुलाई एआईको युगमा रुपान्तरण गर्न यसले सहयोग गर्नेछ’ ।

\"\" फ्युज क्लासरुम एआई सुविधाबाट विद्यार्थिहरुलाई नवीन अनलाइन शिक्षाको अनुभव प्रदान गर्न निर्माण गरिएको कम्पनीले जनाएको छ ।

यसबाट विद्यार्थीहरुको प्रगती निगरानी गर्न, प्रश्नहरुको उत्तर दिन तथा स्मार्ट सिफारिस गर्न सकिन्छ । साथै यसले विभिन्न विद्यालय तथा विश्वविद्यालयहरुको पाठ्यक्रम अनलाइनमा उपलब्ध गराउन मद्दत गर्नेछ ।

\"\"

फ्युज मेसिन्स एउटा एआईमा काम गरिरहेको कम्पनी हो । फ्युज मेसिन्स अहिले नेपाल, अमेरिका, क्यान्डा र डोमेनिक रिपब्लिकमा फैलिएको छ । फ्युज क्लासरुमको बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस ।