कीवर्डहरू -

लकडाउनमा प्रविधिको प्रयोग गरी शिक्षण प्रक्रियालाई निरन्तरता दिन नेपाल ई-गभर्नेन्स सोसाइटीको अनुरोध

लकडाउनमा प्रविधिको प्रयोग गरी शिक्षण प्रक्रियालाई निरन्तरता दिन नेपाल ई-गभर्नेन्स सोसाइटीको अनुरोध

कोरोना भाइरसको संक्रमण कम गर्न  नेपाल सरकारले देशभर लकडाउन गरेको छ । जसले गर्दा देशभरका सबै शैक्षिक संस्था, उद्योग, कलकारखाना लगायतका अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन् ।

लकडाउनले गर्दा देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु पनि बन्द हुदा हजारौं विद्यार्थि घरमा बस्न बाध्य छन् ।  यही समस्यालाई ध्यानमा राख्दै नेपाल ई-गभर्नेन्स सोसाइटीले प्रविधिको प्रयोग गरी शिक्षण प्रकियालाई निरन्तरता दिन अनुरोध गरेको छ ।

कोरोना संक्रमणको यो समयमा शिक्षण संस्थाहरु खुल्ने सम्भावना न्युन भएकाले प्रविधिको युगमा प्रविधिको प्रयोग गरी शिक्षण प्रकियालाई निरन्तरता दिन र विद्यार्थिको सिक्न पाउने नैसर्गिक अधिकार सुनिश्चित गर्न सोसाइटीले अनुरोध गरेको हो ।

प्रविधिको प्रयोग गरी अनलाइनबाट शिक्षण प्रकियालाई निरन्तरता दिन चाहाने शिक्षण संस्थालाई नेपाल ई-गभर्नेन्स सोसाइटीले त्यस्ता शिक्षण संस्थाहरुलाई अनलाइन माध्यमबाट पठनपाठन गर्दा आवश्यक पर्ने प्राविधिक सहयोग, अभिमुखिकरण तालिम र अन्य कुरामा अनुभव, ज्ञान, परामर्श सेवा दिन तथा सहकार्य गर्न तयार रहेको सोसाइटीले बताएको छ ।

साथै आवश्यक सहयोगको लागि सोसाइटीकोले वेबसाइट www.negos.org, ईमेल [email protected] तथा मोबाइल नम्बर ९८४९७५३५२४, ९८०१०३१४८३, ९८५११५६५२४ र ९८४३२८८१६१ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

\"\"