कीवर्डहरू -

प्रयोगात्मक बाहेकका अन्य कक्षा अनलाइनबाट सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयको अनुरोध

प्रयोगात्मक बाहेकका अन्य कक्षा अनलाइनबाट सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयको अनुरोध

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पस, स्कुल, विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पसलाई अनलाइनबाट कक्षा सञ्चालन गर्न अनुरोध गरेको छ ।

त्रिविले प्रयोगात्मक कक्षा बाहेकका त्रिविका स्वीकृत सबै कार्यक्रम र विषयहरुको अध्ययन अध्यापन अनलाइन मार्फत गराउन शुक्रबार एक सूचना जारी गरेको हो ।

\"\"

कोरोना भाइरसको कारणले गर्दा देशभर सरकारले लकडाउन घोषणा गरेको छ । जसको कारणले त्रिभुवन विश्वविद्यालयका पनि आंगिक क्याम्पस, स्कुल, विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा सम्पूर्ण तहको पठन पाठन बन्द छन् ।

त्रिविले प्रयोगात्मक कक्षा बाहेकका त्रिविका स्वीकृत सबै कार्यक्रम र विषयहरुको अध्ययन अध्यापन अनलाइन मार्फत गराउन शुक्रबार एक सूचना जारी गरेको हो ।

यस अवस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्न असम्भव भएकाले विद्यार्थिहरुको शैक्षिक वर्षमा असर नपरोस भनेर बुधबार बसेको त्रिवि प्राज्ञिक र त्रिवि कार्यकारी परिषदले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्रिवि कार्यकारी परिषदले तत्कालको अवस्थामा ‘विद्युतिय माध्यमबाट कक्षा सञ्चालन सम्बन्धि निर्देशिका २०७७’ कार्यान्वयनमा ल्याएको छ ।

जस निर्देशिका बमोजिम कक्षा सञ्चालनको लागि सबै डीन कार्यालयमा पत्र पठाइ सकिएको त्रिवि रजिष्टार कार्यालयले जनाएको छ ।

त्रिविले डिन कार्यालयसँग समन्वय गरी विद्युतिय माध्यमबाट कक्षा सञ्चालन गर्न तथा गराउन आग्रह गरेको छ ।