कीवर्डहरू -

‘डायनामिक एकेडेमीक इआरपी’ प्रयोग गरी विद्यालयले अनलाइनबाटै नतिजा सार्वजनिक गर्न सक्ने 

‘डायनामिक एकेडेमीक इआरपी’ प्रयोग गरी विद्यालयले अनलाइनबाटै नतिजा सार्वजनिक गर्न सक्ने 

विद्यालयहरुले अब ‘डायनामिक एकेडेमीक इआरपी’ सफ्टवेयर प्रयोग गरेर अनलाइनमै रिजल्ट सार्वजनिक गर्न सक्ने भएका छन् ।

कोरोना संक्रमण कम गर्न सरकारले लकडाउन गरेपछि यतिबेला विद्यालयहरुले परीक्षाको नतिजा सार्वजनिक गर्न पाइरहेका छैन्न ।

यसैलाई मध्यनजर गर्दै डायनामिक एकेडेमीक इआरपीले अनलाइनबाटै नतिजा प्रकाशित गर्न मिल्ने सुविधा ल्याएको हो ।

यो सुविधा डायनामिक टेक्नोसफ्टको डायनामिक एकेडेमीक सफ्टवेयर प्रयोगकर्ताले पाउने छन् । प्ले स्टोर तथा एप स्टोरबाट डायनामिक एकेडेमीक इआरपीको मोबाइल एप डाउनलोड गरी लगइन गरेर विद्यार्थी, शिक्षक तथा अभिभावकले सजिलै नतिजा हेर्न सक्ने छन् ।

एपबाट शिक्षक तथा अभिभावकले विद्यार्थिको प्रगतिको बारेमा निगरानी गर्न सक्ने छन् । साथै एपमा सल्लाह सुझाब व्यवस्थापन, दैनिक उपस्थिति रेकर्ड, प्रगति रिपोर्ट, होमवर्क तथा जिम्मेवारी रेकर्ड लगायतका विविध सुविधा रहेका छन् । जसले गर्दा विद्यार्थीलाई मनिटर गर्न सहज हुनेछ ।

यसबाट विद्यालयहरुले तालिका अनुसार अनलाइन परीक्षा पनि लिन सक्ने छन् । शूल्क, एचआर, पेरोल, बजेट व्यवस्थापन, जिपिएस सुविधा, फाइनान्सियल तथा ट्रान्सपोर्ट व्यवस्थापन लगायतका विविध सुविधा यसमा रहेका छन् ।